पत्रकारमाथिको हातपातप्रति भर्त्सना

पत्रकारमाथिको हातपातप्रति भर्त्सना


हंगकंग । यही सेप्टेम्बर ४ तारिखका दिन तमु ट्हृयो हृयुल हंगकंगको एक कार्यक्रममा एचके नेपाल डटकमका फोटो पत्रकार अम्बु गुरुंगमाथि तमु ट्हृयो हृयुल हंगकंगका उपाध्यक्ष स्यांजाली कान्छा भनेर चिनिइने कोमल थापाले हातपात गरेको कुराप्रति नेपाली जनसमुदायलाई जानकारी गराउँदै नेपाली पत्रकार महासंघ हंगकंग तदर्थ समितिले एक प्रेस बिज्ञप्ति प्रकाशित गरेको छ । हंगकंगका सिंगो पत्रकारहरुलाई अति निःकृष्ट शब्दले गालीगलौज गर्दै अन्त्यमा भनाभनमा कोमल थापा उर्फ स्यांजाली कान्छाको यस हर्कतप्रति किरात राई पत्रकार संघ हंगकंग पनि खेद प्रकट गर्दछ । पत्रकार माथिको यस्ता हातपात र आक्रमणको प्रतिकार गर्न सम्पूर्ण पत्रकारहरु र आम नेपाली जनसमुदायप्रति हार्दिक अपिल गर्दछौ । हंगकंगस्थित अनलाइन मिडियाहरुमा यस बिज्ञप्ति प्रकाशित भएपछि मिडिया संचालकहरुलाई कोमल थापाले प्रकाशन गृहका संचालकहरुलाई हप्कि-दप्की गर्दै उक्त समाचार र बिज्ञप्ति प्रकाशन नगर्न आदेश दिँदै हिँडेको पाइएकोछ । यसप्रति पनि सजग र सचेतताकासाथ डट्न हुन सम्पूर्ण पत्रकार साथीहरुलाई अनुरोध गर्दछौं ।
-किरात राई पत्रकार संघ, हंगकंग