मोना, हङकङले तीज पर्वको मेला

मोना, हङकङले तीज पर्वको मेला


हङकङ, सेप्टेम्बर ५, मंकिहिल । म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङको संयोजन तथा मोना महिला समितिको आयोजनामा यस वर्षको महिलाहरुको चाँड तीज पर्व मेला भव्यताकोसाथ सम्पन्न भयो। संस्थाका वयोवृद्व महिला तमाँया फगामीको प्रमुख आतिथ्यमा सम्पन्न छोटो ‍औपचारिक कार्यक्रमलाई कार्यसमितिका सदस्य तथा महिला विभागकका प्रमुख बिना पुनले अध्यक्षता, समितिका सदस्य तथा महिला समितिका सचिव शीला चोचाङ्गीले संचालन र महिला समितिका अध्यक्ष धन कुमारी गर्बुजाले स्वागत भाषण गरेका थिए। उक्त अवसरमा पुन मगर समाज, आमा समूहका भूपू संयोजक पवि पुन, फियोना हङकङका सदस्य लक्ष्मी गुरुङ, घरेलु कामदार यूनियनका कोषाध्यक्ष हिमाली गुरुङ, मोना हङकङका सहसचिव रुपा चोचाङ्गी, वर्तमान तथा भूपू महिला समितिका पदाधिकारीहरुमा गोमा पुन, सुनिता पूर्जा र मगर महिला समितिका चन्द्र ज्योति आले मगर लगायतका अतिथिहरु थिए।
औपचारिक कार्यक्रमको समापन गर्दै कार्यसमितिका सदस्य तथा महिला विभागका प्रमुख विना पुनले महिलाहरुको राष्ट्रिय चाँड तीज पर्व विगत ३ वर्षदेखि नियमितरुपमा मोना हङकङले दरभोजसहित मनाउदै आइरहेको जानकारी दिदै यस कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई मोना महिला समितिको तर्फबाट हार्दिक धन्यवाद दिएका थिए। त्यसपछि मोना महिला समितिले एकल तथा समूहिक विभिन्न नाँच तथा गीतहरु प्रस्तुत् गरेका थिए। मंकिहिल त्यसवेला नेपालको प्रसिद्व स्थलमा मेला लागेको जस्तो लाग्थ्यो। उक्त अवसरमा मोना कार्यसमितिले उपस्थित महिलाहरुलाई निस्शुल्क दर तथा पियपदार्थको र अन्य महानुभावहरुलाई निस्शुल्क दरभोज र सशुल्क पियपदार्थहरुको व्यवस्था गरेको थियो भने यूनलङ तथा कामतिनबासी महिला, बालबच्चा तथा बृद्वहरुको लागि निस्शुल्क बसको पनि ब्यवस्था गरेको थियो।
उक्त तीज पर्व मेलामा उपस्थित महानुभावहरुले महिला समितिलाई सहयोग स्वरुप नगद हङकङ डलर १२,०५५र- तथा पिय पदार्थ दिएका थिए। हङकङकमा दरभोज सहित नाँच तथा गीतहरुको साथ भव्यरुपमा तीज पर्व मनाउने सायद हङकङमा मोना संस्था पहिलो हो। दरभोजमा खीर, केरा-दही, सेलरोटी, पूरी, आलुदाम, अचारका परिकार, ताजा कुखुराको परिकार तथा बंगुरको परिकार आदि मेला स्थलमा नै तयारी गरिएको थियो।
स्मरण रहोस्, मोना हङकङको पाँचौ अधिवेशन यही सेप्टेम्बर २६ तारिख आइतबार याउ मा तेइ कम्यूनिटि हलमा सम्पन्न हुन गैरहेको छ।-इन्द्र एलजी मगगर