बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गर्दै भारतीय विशेष अदालत केन्द्रिय अनुसन्धान ब्युरो (सिबिआई)ले साढे तीन बर्षको जेल सजाय तोकेको छ । उनलाई भारतीय पाँच लाख रुपैँया जरिवाना समेत तोकिएको छ ।
पूर्व मुख्यमन्त्री लालुलाई देओघार ट्रिजरीबाट सन् १९९१ देखि सन् १९९४ बीचमा ८९ लाख भारतीय रूपैँया बराबरको रकम दुरुपयोग गरेको अभियोगमा जेल सजाय तोकिएको हो । सिविआई विशेष न्यायाधीस शिवपाल सिंहले पूर्व मुख्यमन्त्री यादव विरुद्धको सजाय भिडियो सम्मेलनमार्फत घोषणा गरेका समाचार एजेन्सी एएनआईएले उल्लेख गरेको छ ।
अदालतले लालु यादवले अदालतले तोकेको जरिवाना नबुझाएमा जेल सजायमा ६ महिना थप गरी कैद बस्नुपर्ने पनि जनाएको छ । लालुबाहेक उक्त आरोपमा थप २० जनामाथि सुनुवाई भएकोमा १४ जनालाई गत डिसेम्बर १४ मा अदालतले दोषि ठहर गरेको थियो । बिहारकै अर्का पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्र लगायतका सात जनाले भने अदालतबाट सफाई पाएका छन् ।
यादवले आफ्नो उमेर तथा स्वास्थ्यलाई मध्यनजर गर्दै आफूमाथि न्युनतम सजाय तोक्न अदालतसमक्ष निवेदन दिएका थिए । यादवले अदालतसँग गरेको अपिलमा भनेका छन्, “चारा घोटाला काण्डमा मेरोे प्रत्यक्ष सम्लग्नता थिएन, अतः उमेर र मेरो स्वास्थ्यलाई मध्यनजर गर्दै निम्नतम सजाय तोकियोस ।” पूर्व मुख्यमन्त्री यादवसहितलाई सजाय घोषणा हुँदा अदालत बाहिरको सुरक्षास्थितिलाई कडा पारिएको थियो ।
यादवसहितका १४ जनाको मुद्दा जनवरी ३ तारिखका लागि सुनुवाईको मिति तय गरिएकोमा सरेर शनिबार मात्र फैसला सुनाइएको छ । अदालतले लालु यादवका छोरा तेजस्वी यादव तथा उनको दलका केही नेता तथा समर्थकमाथि अदालतको मानहानी गरेको ठहर गरेको छ । उनीहरूले मुद्दाको सुनुवाई गरेका न्यायाधीसलाई धम्की दिने प्रयास गरेको बताइएको छ ।
लनलु यादवले यसअघि चाइबासा कोष नामक अर्को यस्तै काण्डमा दोषि ठहर गरिएको थियो । तर त्यसवबलाउनी जमानतमा छुटेका थिए ।
प्रतिक्रिया