बिजुक्छेको भनाइमा राष्ट्रपति शासन उत्तम

बिजुक्छेको भनाइमा राष्ट्रपति शासन उत्तम


काठमाण्डौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मुलुकको निकासका लागि राष्ट्रपति शासन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताएकाछन् । मुलुकको वर्तमान राजनीतिक संकट निकासका लागि राष्ट्रपति शासन र दलहरुबीचको एकता गरी दुईवटा विकल्प प्रस्तुत गर्दै उनले दुई विकल्पमध्ये राष्ट्रपति शासन नै अहिलेको अवस्थामा सबैभन्दा भरपर्दो र उपयुक्त विकल्प रहेको बताए -“दलहरुबीच सहमति नबनेको अवस्थामा प्रत्यक्ष शासनका लागि मैले राष्ट्रपतिलाई सुझाव दिइसकेको छु, आईतवार राष्ट्रपतिले बोलाएको दलहरुबीचको बैठकमा पनि यस विषयमा छलफल हुनेछ”।

पार्टीको रुपन्देही जिल्ला समितिले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बिजुक्छेले प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकार चलाउन नसकेकाले लिखित रुपमै राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्न सुझाव दिए । सरकारविरुद्ध प्रतिपक्षी दलहरुले गरेको आन्दोलन कमजोर र फितलो भएको र यस्तो आन्दोलनले भट्टराई सरकारले नछाड्ने उल्लेख गर्दै प्रधानमन्त्रीलाई बालुवाटारबाट निस्कन नदिने गरी आन्दोलनको आधीबेहरी ल्याउनुपर्ने उनको भनाई छ ।

-देब, काठमाण्डौं, मेस