दक्षिण कोरियास्थित एक अस्पतालमा आगलागी हुँदा ३१ जना मारिए

दक्षिण कोरियास्थित एक अस्पतालमा आगलागी हुँदा ३१ जना मारिए


दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्र मिरर्याङमा रहेको सेजोङ अस्पतालमा आगलागी भएको छ । आगलागीमा परी ३१ जना मारिएको समाचार प्राप्त भएको छ ।

आगलागी अस्पतालको आकस्मिक कक्षबाट सुरु भएको ठानिएको छ । उक्त अस्पतालको भवनमा दुइ सय भन्दा बढी विरामी रहेको र नजिकको नर्सिङ होमबाट करिब ९३ बिरामी उपचारका लागि त्यहाँ ल्याइएको बताइएको छ । आगलागीमा ४० जना घाइते भएको र ११ जनाको अवस्था गम्भिर रहेको अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।