साउथ सुडानमा युद्धविरामको तयारी

साउथ सुडानमा युद्धविरामको तयारी


दक्षिण सुडानको विद्रोही समूहसँग शान्तिवार्ताको तयारी भएको र यसका लागि युद्धविराम हुने समाचार अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

सर्टफर्ममा एसपीएलएम भनेर चिनिने सुडान पिपुल्स लिबरेसन्स मुभमेन्ट नामको विद्रोही समूह र सरकारबीच युद्धविरामका लागि तयारी भएको समाचारमा जनाइएको छ ।

बताइएअनुसार युद्धविरामका लागि तयारी जारी रहेको छ भने सरकारी वार्ता समिति र विद्रोही वार्ताटोलीबीच आगामी फेब्रुअरी महिनामा वार्ता हुने तया गरिएको छ ।

यही साताको अन्त्यसम्ममा युद्धविरामको घोषणा हुने र अर्को महिनाको मध्यतिर वार्ता हुने कार्यक्रम बनाइएको सुडानका एकजना सरकारी अधिकारीलाई उद्धृत गर्दै जनाइएको छ । उनका अनुसार शान्ति वार्ता सुडानको छिमेकी देश इथियोपियाको राजधानी आदिसअबाबमा हुनेछ ।