मनमा यही छ रहर- रामेश्वर राउत मातृदास

मनमा यही छ रहर- रामेश्वर राउत मातृदास


मानवताको उचाइ अग्लोस् संसार एउटै घर
हिमाल हाँसुन् मुहारमा मनमा यही छ रहर

एउटै धरती एउटै अकाश सातै सागर जुहार
एउटै साझा पृथ्वीतलमा झलमलाऊन् मुहार
आशा/उत्सव उचाइ अग्लोस् संसार एउटै घर
हिमाल हाँसुन् मुहारमा मनमा यही छ रहर

जून/घाम-तारा हरपल सारा जिन्दगी हुन् फूल
नजिक/टाढा छैनौँ कोही सोच्नु र्व्यर्थ हो भूल
मनमन्दिरमा निर्झ ज्योति रविरम्भा हे लरह
मानवताको उचाइ अग्लोस् संसार एउटै घर
हिमाल हाँसुन् मुहारमा मनमा यही छ रहर
-वशिष्ठधाम, निर्झ दिलचेत, सिन्धुबस्ती

उल्टो संसार- इन्द्रकुमार श्रेष्ठ
सिद्धान्त पढ्दा राम्रो छ
सिद्धान्ती राम्रो भएन
शास्त्रका कुरा राम्रा छन्
व्यवहारमा लागू भएन
मान्छे हेर्दा राम्रो छ
बानी राम्रो भएन
सुन्दा भाषण मीठो छ
भने जस्तो हुँदैन
मीठो हुने सबै चिज
फाइदा गर्ने पर्दैन
नियम कानुन गतिलो
एउटै पालन हुँदैन
उल्टो-उल्टोचैं हुने
सुल्टो किन हुँदैन ।
-कमलकुञ्ज, ओखलढुंगा

अब त सीमा नाघ्यो- रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
नेपालमा सधैं चल्छ बेमेलको भेल †
राजनीतिमा झनै हुन्छ यो फोहोरी खेल ††

शोषक र सामन्तकै इशारामा चल्ने †
निमुखा र गरिबलाई छैन हक बोल्ने ††

पैसा हुने ठूला भए नहुने चैं साना †
मूर्ख पनि विद्वान भए आँखा हुने काना ††

अन्याय र अत्याचारले नाघीसक्यो सीमा †
ठूला-बडा गरिरै’छन् तर जीवन बीमा ††