८ महिने शिशुको बलात्कारपछि दिल्ली अशान्त

८ महिने शिशुको बलात्कारपछि दिल्ली अशान्त


दिल्लीस्थित शकुर वस्तीमा ८ महिने शिशुको बलत्कार भएको छ । नातामा दाइ पर्ने एक २८ वर्षे युवकले ८ महिने शिशुको बलत्कार गरेका हुन । बलात्कार गरेको घटना सार्वजनिक भएसँगै दिल्लीका स्थानीय आक्रोशित भएका छन् ।

आइतबार भएको उक्त घटना पश्चात शिशुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ। उनको अवस्था निकै गम्भिर रहेको प्रहरीले बताएको छ। उक्त घटनाका आरोपी युवकलाई प्रहरीले सोमबार नै पक्राउ गरिसकेको छ।

बच्चीलाई छोरीको साथमा छोडेर काममा गएका आमाबुवा फर्कंदा छोरीलाई रक्ताम्य अवस्थामा देखेपछि अस्पताल लगेका थिए ।

अस्पतालले बलात्कार भएको यकिन भएपछि प्रहरीलाई खबर गरेको थियो। युवकले बच्चीसँग खेल्ने भन्दै उनीहरु बस्दै आइरहेको भवनको सुनसान कुनामा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। आरोपीले अपराध स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ।