आईटीएफ टेनिसमा मायांकालाई ऐतिहासिक सफलता

आईटीएफ टेनिसमा मायांकालाई ऐतिहासिक सफलता


नेपालकी मायांका राणा नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत महिला सिंगल्समा फागुन २ गते बुधबार क्वाटरफाइनलमा प्रवेश गरेकि छन् । नेपाली टेनिसको इतिहासमा आईटीएफ जुनियर विश्व ¥याङकिङ प्रतियोगिताको महिलामा क्वाटरफाइनल पुग्ने मायांका पहिलो नेपाली खेलाडी हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले आफ्नै देशकी आइरा रावतलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । प्रतियोगितामा मायांका बाहेक अन्य सबै नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । क्वाटरफाइनलमा मायांकाको भेट भारतकि प्रिंकल सिंहसंग हुनेछ । प्रिंकलले जापानकि रिको कामीकुरालाई ६–४ र ६–२ को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

मायांका डबल्समा भने पराजित भइन् । ताइपेईकी स्किया कुङ र हङकङकी चुइ केई लिउङको जोडीले मायांका र जुम्ल्याहा बहिनी माहिकाको जोडीलाई ६–० र ६–२ को सीधा सेटमा पराजित गरेका थिए ।
महिला सिंगल्सको अन्य खेलमा जापानकी मियो कोजाकीले नेपालकी माहिका राणालाई ६–३ र ६–१, भारतकी रुदया शाहले भारतकै दिब्या भानीलाई ६–३, ३–६ र ६–३, चीनकी यिमिङ दाङले अमेरिकाकी रुतुजा छप्हल्करलाई ६–२, ४–६ र ७–६(२), हङकङकी चुइ केइ लिउङले भारतकी श्रीनिधि श्रीधरलाई ६–१ र ६–२ तथा भारतकी सान्या सिंहले भारतकी अर्चिता महल्वाललाई ७–५, ३–६ र ६–३ को सेटमा पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का गरेका थिए ।

भारतकी तृषा विनोदले फिलिपिन्सकी मा कार्मे्न्सिटा इसाबेला कार्लोसबाट वाक ओभर पाउदै क्वाटरफाइनलमा पुग्न सफल भएकि छिन् । पुरुष सिंगल्समा जापानका केइजु मियाके, मलेसियाका जियन कियोङ ताकेसी काइ, भारतका आर्यन जाभेरी, जापानका दाइसुके इनागावा, कोरियाका जि हो लि, भारतका नाइथाउलिन केल्भिन गोल्मेइ, चीनका वेन्माउ लि तथा जापानका ताइसेइ कागेयामा आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुगेका छन् ।

अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा सेमिफाइनल समीकरण तयार भएको छ । महिला डबल्समा भने तीन जोडी सेमिफाइनल पुगिसकेका छन् भने एक खेल समय अभावले गर्दा सम्पन्न हुन सकेन ।