एथलेटिक्सको नाममा व्यापार !

एथलेटिक्सको नाममा व्यापार !


‘पिंकाथोन’को नाममा एथलेटिक्स विधा समाहितगरि आउँदो फागुण १२ गते शनिवार काठमाण्डौमा आयोजना हुन लागेको पिंकाथोन एथलेटिक्स वारेमा नेपाल एथलेटिक्स संघले उक्त प्रतियोगितामा आफ्नो कुनै संलग्नता नरहेको जानकारी गराएको छ ।

उक्त प्रतियोगितालाई संघले स्वीकृति प्रदान नगरेको संघका कार्यवाहक महासचिव धनवीर चौधरीद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा जनाईएको छ ।

लिजाईड पोर्ट नामक संस्थाले आयोजना गर्ने उक्त पिंकाथन प्रतियोगितामा अघिल्लो बर्ष नेपाल एथलेटिक्स संघसंग भएको सहमति अनुरुप कार्य नगरेको भन्दै स्वीकृति प्रदान नगरेको हो ।

त्यस्तै नेपाल एथलेटिक्स संघले विगतका म्याराथन विजेतालाई मुम्बई म्याराथनमा पठाउने भनि नपठाएको, प्रतियोगितामा महिलाहरुलाई आकर्षण गर्न तथा प्रचारबाजी गर्न भारतिय मोडलहरुलाई झिकाई एथलेटिक्सको नाममा ब्यापार गर्ने मनसायमात्र रहको आरोप लगाएको छ ।

सोही कारण आगामी फागुन १२ गते हुने प्रतियोगितालाई संघले स्विकृती प्रदान नगरेको र संघको कुनै संलग्नता नरहेको जानकारी गराएको हो ।