कति टाढा होलान् सुडान र नेपाल- त्रिभुवनचन्द्र वाग्ले

कति टाढा होलान् सुडान र नेपाल- त्रिभुवनचन्द्र वाग्ले


मीठो न्रि्रा सुत्न नपाउँदै
आनन्दको सपना देख्न नपाउँदै
हरे † आँधीले खोपीको खापा खोलिदियो
कि उसलाई थाह छैन सुत्नुको आनन्द
सपनाको आनन्द
क्या टुक्र्याइदियो मेरो सग्लो रात, सद्धे सपना

चिरेर यी रातहरू
पूर्वार्द्ध तिमीलाई उत्तर्रार्द्ध मलाई
फोरेर यी सपना
एक फक्लेटा तिमीलाई अर्को मलाई
के बाँड्नु छ र –
द्वन्द्वका दाग र लासका समाधी
समाधीका पिरामिडमा झन्डा फहराउने रहर छैन मलाई,

त्रि्रो र मेरो मुद्दामा
छड्के किनाराका साक्षीहरूले दस्तखत गर्दानगर्दै
आँखा चिम्लेका न्यायाधीशहरूले
डिभोर्सको निर्णय सुनाउने छन् ।
फेरि पनि एउटा अर्को सम्झौता त गर्नैपर्छ तिम्ले र मैले
आऊ गाई कि त्रिशूल गरौँ
तिमी छोरा लिन कि छोरी –
कस्तो असमानजस्य
आखिर उनीहरूले
आमा अथवा बाउ पाउने छन्
बाउ अथवा आमा गुमाउने र्सतमा ।

सुडान टुक्रिएको ब्यानर न्युजका अखबार
शिरानीमा राखेर
मलाई ‘अखण्ड-राष्ट्रियता’ शोधपत्र लेख्नुछ
झुन्ड्याइएको तलबारमुनि बुद्धको नयनाकृति कसरी कोर्ने हो –
कति टाढा होलान् कुन्न्िा सुडान र नेपाल
नेपाल र सुडान कति नजिक होलान् फित्ताले नाप्दा ।

जसले पाए दक्षिणी सुडान
के उनीहरूले गुमाएनन् उत्तरी सुडान
जुवा जित्नुको मज्जामा जुवा हार्नुको त्रास हँुदैन र –
के जित्नु छ र – दशक द्वन्द्वका दाग, अभाव र अभिलाषा
समाधी र समाधीउपरका झन्डाहरू
म यस्तो घडीमा छु
दक्षिणी सुडानको जन्मदिन मनाऊँ भने
त्यसको दक्षिण र दक्षिणको पनि दक्षिणमा
अर्थात्
दक्षिणैदक्षिणको स्वायत्त शृङ्खलामा
कहाँ चिनो लगाउनु सग्लो सुडानको मानचित्र †

भो म भूगोल पढाउन्न्ा छोरीलाई
भो म दिशा घोकाउन्न्ा छोरालाई
दक्षिण नभएको मुलुक कहाँ पाउनु भूगोलमा
-नेपालको दक्षिण छैन र -)
घोक्दाघोक्दै भूगोल, पढ्दापढ्दै दिशा
आफ्नै चारकिल्ला साँधसीमा चर्चेको
दक्षिणलाई उनीहरूले इरेजरले मेटिदिन सक्छन्
-नक्सामा लेख्नु उनीहरूको आदत हुनसक्छ ।)
अनि कहाँ पाउनु अखण्डित मानचित्र छोरीको कपीमा
कहाँ पाउनु अखण्डित दक्षिण छोराको मानचित्रमा ††

म हरेक दिन दक्षिणतिर र्फकंदा
छुििट्टनु र स्वायत्तताको त्रासदी पढिरहेको हुन्छु
कि एकरात
मेरो छोराले दक्षिण गुमाउँछ, छोरीले उत्तर
-दक्षिण बुद्ध, उत्तर भृकुटी)
थाह छैन उनीहरूले के-के पाउने हुन् सटि्टामा
तर निश्चितै छ
उनीहरू दुवैले दिदी र भाइ, भाइ र दिदी
तिहार र माला माला र तिहार
उत्तर र दक्षिण, बुद्ध र भृकुटी गुमाउने छन्
त्यसै दिन मैले पढेको पृथ्वीनारायण
मैले सुनेको बिसे नगर्ची
सब झुटा कथा हुनेछन् । – तनहुँ, क्यामिन-१, नरङ्गा

बाँच्नुको वैयक्तिकता – प्रकाश के.सी.
जस्तो,
पग्लिएका हुन्,
आँधीका उठानहरू
ज्वरो पछारेर खोँचहरूमा †
र त्यसपछि,
रहरको भग्नावशेष छाम्दै
अवशेष भिजेको,
प्रत्येक प्रहारको प्रकोपसँगै
एक सर्को अनिँदो स्वाद
यसरी आवेग सेक्दछन्,
कि-
जस्तो, उडेका हुन्
समयका एक्ला तापहरूमा †

सम्झनाका बगरभरि
– कोरिएका एपिटाफजस्तै,
– पोतिएका विश्वासको सूर्योदय
जिजीविषाका बेसुर बेरंगहरूमा
भावावेश एकरत्त लगाम छाड्दछन् ।
त्यसैले त,
मनभित्रको घाइते सिसिपस
अमर्ूत लाग्छन्- पानीजस्ता ।
थोपा-थोपा आँसुका सञ्चयसँगै
पीरका जम्मै टाकुराहरू
सगोल डुब्नुको परावर्तन- लाग्दछन् ।
विमुढ उत्साह, विदेशी रातहरूभित्र,
प्रयत्नका गतिहीन तुफानहरू
पराजयको मिहीन कोलाज -लाग्दछन् ।

जलनको ‘तप्प-तप्प’ थकथकी
निर्वाध कागजजस्ता अनुभूति
अनि,
एकसरो सपनाको आड
उही आँधीका उडानहरूसँगै
निःशेष बाँचेर, शून्यका तरङ्गहरूमा
बाँच्नुको वैयक्तिकताको निश्वास बदल्छन्,
र, त्यही घडी
प्रवासी अँध्यारोको बिप्ल्याँटोमा
एकमुष्ट दाउ हारेको
स्खलित आस्थाहरू शेष पर्दछन्,
– जस्तो
पग्लिएका हुन्
आँधीका उठानहरू
ज्वरो पछारेर खोँचहरूमा
ज्वरो पछारेर खोँचहरूमा । – वुडग्रिन, लन्डन