तेक्वान्दो खेलाडीले युएईमा चुनौती पेश गर्ने

तेक्वान्दो खेलाडीले युएईमा चुनौती पेश गर्ने


संयुक्त अरब इमिरेट्समा हुने छैटौँ फुजैराह ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने जाने नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका छन् । अन्तर्रा्ष्ट्रिय तेक्वान्दोमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्न ७ खेलाडीसहित तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्षसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नन्दु राइले बिदाई गरेका थिए । युएईको फुजराह सहरमा हुने च्याम्पियनसिपमा सिनियर पुरुषतर्फ ७३ केजीमा जयदेव पौडेल, ६३ केजीमा नेपालका दुई खलाडी रिमोन महर्जन र दिपेन्द्रबहादुर नेपाली र ७४ केजीमा विनोद थापा तथा जुनियर महिला ४४ केजीमा जेस्मिन गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।

आगामी १६ देखि १९ फेब्रुअरीसम्म हुने च्याम्पियनसिपमा सिनियर महिलातर्फ ५३ केजीमा निमा गुरुङ र ७३ केजीमा सुमित्रा खत्रीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।

नेपाली टोलीका प्रशिक्षकमा रोशन खान र प्रकाशमान राजभण्डारी रहेका छन् । सहायक प्रशिक्षकमा राजकुमार पाण्डे र टिम व्यवस्थापकमा चक्रबहादुर थापा क्षेत्री रहेका छन् । रिमोनलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास सम्सेर राणा र ललितपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष मनिराज विष्ट लगयातले बिदाई गरका थिए । सा अवसरमा अध्यक्ष राणाले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको लागि पदक जित्ने विश्वास व्यक्त गरेका थिए ।