आलोकको कार्यक्रममा अस्मितालाई सम्मान

आलोकको कार्यक्रममा अस्मितालाई सम्मान


आलोक विद्याश्रमले सुटिङ खेलकी अन्तर्राष्ट्रिय खेलाडी अस्मिता राईलाई सम्मान गरेको छ । अस्मिताले नेपालको प्रतिनिधित्व गर्दै सुटिङ खेलका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाई सकेकि छिन् । यसै साता मात्रै पनि नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले बर्षको उत्कृष्ट खेलाडीको रुपमा पनि अस्मितालाई पुरस्कृत गरेको थियो ।

आलोक विद्याश्रमले विगतका बर्ष झै यो बर्ष पनि उपत्यकाका विभिन्न विद्यालयको सहभागितामा नृत्य, गायन, कला र भेषभुषा लगायतका विधामा सहभागीहरु विच प्रतिस्पर्धा गराएको थियो । खेलाडी राईले विभिन्न १० विद्यालयका विद्यार्थीविच भएको ह्याण्डराइटिङ कम्पिटिसनको जजको भुमिका पनि निर्वाह गरेकि थिइन् ।

सहभागीहरुले नेपाली र अंग्रेजीमा लेख लेखेका थिए । यो स्पर्धामा जेम्स स्कुल पहिलो भएको थियो । कला तर्फ आलोक विद्याश्रमकी तन्भी अग्रवाल पहिलो भइन् । यता गायन तर्फ पनि आलोक विद्याश्रम नै पहिलो भएको थियो ।

प्रतियोगितामा आयोजक आलोक संगै, जेम्स स्कुल, स्टेपिङ स्टोन, ब्लुमिङ फ्लावर्स, स्प्रीङबेल मोन्टेस्वरी, मोरल एकेडेमी, अंकुर स्कुल र सिटी मोन्टेस्वरी लगायतका स्कुलका विद्यार्थी सहभागी थिए ।

विजेता स्कुलका विद्यार्थीहरुलाई सुटिङ खेलाडी राई, ललितकलाकी प्राज्ञ सुष्मा राजभण्डारी, गायिका द्धय प्रास्ना पाण्डे र स्मीता घिमिरेले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

गत बर्ष पनि विद्यालयले यस्तै प्रतियोगिता आयोजना गरेको थियो । सो अवसरमा अल्ट्रा धावक स्व. संजय पंडित र एथलेटिक्स खेलाडी कान्छी माया कोजुलाई सम्मान गरिएको थियो ।