खेलकुदमन्त्री र राज्यमन्त्रीको बिदाइ

खेलकुदमन्त्री र राज्यमन्त्रीको बिदाइ


युवा तथा खेलकुद मन्त्रालयले विभागीय मन्त्री राजेन्द्रकुमार केसी र राज्यमन्त्री तेजुलाललाई चौधरीलाई फागुन ३ गते बिहीबार बिदाइ गरेको छ ।

सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य गंगाबहादुर थापा, प्रशासन विभाग प्रमुख बासुदेव आचार्य, तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, आर्थिक प्रशासन प्रमुख कपिलमणि पोखरेललगायतका कर्मचारीले केसी र चौधरीलाई बिदाइ गरेका थिए ।

निवर्तमान राज्यमन्त्रीद्वारा खेल सामाग्री वितरण

निवर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बक्सिङ्ग र करातेलाई खेलकुद सामग्री ग्लोभ्स वितरण गरेका छन् ।

निवर्तमान राज्यमन्त्री चौधरीले अमेरिका भ्रमणका क्रममा अमेरिकामा बसोबास गर्दै आईरहेका खेलाडी तथा खेलकर्मीबाट प्राप्त २८ जोर बक्सिङ्ग तथा ७ जोर कराते ग्लोभ्स बक्सिङ्ग र करातेका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका हुन् ।

उक्त खेल सामाग्री हस्तान्तर कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष शैलेस कर्माचार्य, राखेप सदस्य एवं नेपाल बक्सिङ्ग संघका उपाध्यक्ष अर्जुन बहादुर के.सी., नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका अध्यक्ष रञ्जन थापाको उपस्थिति रहेको थियो ।

सो अवसरमा भक्तपुर जिल्ला बक्सिङ्ग क्लब, नक्साल बक्सिङ्ग क्लब, मेघदूत बक्सिङ्ग क्लब, काठमाण्डौ बक्सिङ्ग क्लब, मकवानपुर बक्सिङ्ग संघ, दाङ्ग बक्सिङ्ग संघ, बाँके बक्सिङ्ग संघ, धनुषा बक्सिङ्ग संघ, सुनसरी बक्सिङ्ग संघ र कैलाली बक्सिङ्ग संघ गरि १० क्लब तथा संघलाई उक्त खेल सामग्री वितरण गरिएको थियो । यस्तै नेपाल कराते महासंघका केन्द्रिय सदस्य राम कुमार थारुलाई सात जोर कराते ग्लोभ्स प्रदान गरिएको थियो ।

अमेरिकामा बसोबास गर्दै आईरहेका नेपाली खेलाडी तथा खेलकर्मीहरुबाट संकलित रकमबाट नेपालमा खेलकुदको विकासका लागि बक्सिङ्ग र कराते ग्लोभ्स खरिद गरि अमेरिका भ्रमणमा रहेका तत्कालिन युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीलाई दिवाकर महर्जनले हस्तान्तरण गरेका थिए ।