‘स्वच्छ धरान स्वस्थ धरान’ नारासहित धरान रन सम्पन्न

‘स्वच्छ धरान स्वस्थ धरान’ नारासहित धरान रन सम्पन्न



– मनिता चाम्लिङ

‘धरान रन’को आयोजनामा भएको नेपालकै ठुलो दौड प्रतियोगिता धरान रन, छैटौं नेवा च्यारेटी ८ के रनमा शनिबार भएको खुल्ला पुरुषतर्फ भारतीय सेनामा कार्यरत बागलुङका तीर्थ पुन विजयी बनेका छन् । ‘स्वच्छ धरान स्वस्थ धरान’ भन्ने नाराका साथ भएको उक्त दौड प्रतियोगितामा पुनले धरान रनको छैटौा संस्करणमा आईपुग्दा ह्याट्रिक समेत गरेका छन् । पुनले तीन पटकसम्म लगातार प्रथम स्थान हासिल गरेका छन् । २६ मिनेट ४६ सेकेण्डमा दुरी पार गरी प्रथम बन्दै उनले नगद ४० हजार र मेडल प्राप्त गरे ।

यसैगरी प्रतियोगितामा २७ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै नेपाली सेनाका हरि रिमाल दोस्रो बने । सेकेण्डकमा दुरी पार गर्दै तेश्रो भए । उनले पनि नगद २० हजारसहित मेडल प्रप्त गरे ।

यसैगरी प्रतियोगितामा खुल्ला महिलातर्फ एपिएफकी कान्छीमाया कोजू प्रथम बनिन् । उनले ३१ मिनेट ४८ सेकेण्डको दुरीमा ८ किलोमिटरको दुरीपार गर्दै नगद ४० हजार रुपैयाँसहित मेडल प्राप्त गरिन् । उनी २००४ की एथेन्स ओलम्पियन खेलाडी पनि हुन् भने धरान रन समूहले आयोजना गरेको नेवा च्यारिटी ८ के रनमा उनले पहिलो पल्ट स्पर्धा गरेकी हुन् ।

यसैगरी धादिङकी सन्तोषी श्रेष्ठले ३२ मिनेट ४३ सेकेण्डको दुरी पार गरी दोस्रो बन्दै नगद ३० हजार सहितमेडल प्रप्त गरिन् । उनी चौथो नेवा च्यारिटीकी विजेता तथा पाँचौं नेवा च्यारिटीमा दोस्रो भएकी थिइन् । त्यस्त । एपीएफकै फुलमती रानाले ३२ मिनेट ४६ सेकेण्डमा दुरी पार गरि तेस्रो हुँदै नगद २० हजारसहित मेडल पाए ।

यसैगरी प्रतियोगितामा १२ वर्ष मुनिको महिला प्रतिस्पर्धामा अनुजा प्रधान विजेता बनिन् । उनिले नगद ७ हजारका साथमा मेडल पाइन् । यसैगरी बिपासा राई र समिक्षा राई क्रमशः दोस्रो र तेस्रो बनिन् । उनीहरुले जनही नगद ५ हजार र ३ हजार प्राप्त गरिन । यसैगरी पुरुष तर्फ विकास बुढा विजेता बन्दा बरदान राई र दिपेश राई दोस्रो र तेस्रो बने । उनीहरुले क्रमशःनगद ७, ५ र ३ हजार रुपैयासहित मेडल पाए । त्यस्तै अण्डर १६ मा पुरुष तर्फमा प्रकाश कठायत पहिलो बन्दा समिर मोहोरा दोस्रो र नारायण सुब्बा तेस्रो बने । त्यस्तै महिलातर्फ सिर्जना राई प्रथम बन्दा अमृता भण्डारी र बन्दना बुढा क्रमशः दोस्रो र तेस्रो बने । उनीहरुले पनि क्रमशःनगद ७, ५ र ३ हजार रुपैया सहित मेडल पाए ।

यसैगरी ४० वर्षमाथिको महिला भेट्रानतर्फको प्रतियोगितामा रीता राई विजेता बनिन् भने गंगा गुरुङ र धनमाया योङहाङ दोस्रो र तेस्रो बनेका छन् । त्यस्तै पुरुष तर्फ निर्मल राई बिजेता बन्दा मोहन सुब्बा दोस्रो र राम तामाङ तेस्रो बने । उनीहरुले पनि नगद क्रमशः ७, ५ र ३ हजार रुपैयासहित मेडल पाए । यसैगरी सुपर भेट्रानमा ६९ वर्षीय धरानकै मनमोहन पलिखे घोषित भए ।उनलाई पनि आकर्षक उपहार प्रदान गरिएको थियो ।त्यस्तै धरान रनमा ५३ हप्ता पार गरेकी सिवानी देव र ५२ हप्ता पार गरेका सुप्रभात राईलाई रनर अफ दी इयरबाट पुरस्कृत गरिएको थियो ।

उनीहरुलाई गोल्डस्टार कम्पनीको सुजसहितको उपहार प्रदान गरिएको थियो । त्यस्तै तीनपटकसम्म एभरेष्ट एथलेटिक्समा स्वर्ण पदक विजेता बनि गिनीज वल्र्ड रेकर्डमा पहिलो नेपालीको रुपमा नाम लेखाउन सफल धावक हरि रोकायलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई धावक हरि रोकाय, नेपाल एथलेटिक्स एसोसिएसनका पूर्व अध्यक्ष रघुराज वन्त, नेपाल एथलेटिक्स एसोसिएसनका महासचिव सुनिल राजवंशी धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, प्रभु बैंकका इटहरी शाखा प्रमुख नविन तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

यस छैठौ धरान रनमा २५ सय धावक धाविकाहरुले प्रतिस्पर्धा गरेका थिए । २५ सय धावक धाविका रन गर्ने नेपालकै यो पहिलो ठुलो प्रतियोगिता बनेको छ । यस छैठौं नेवा च्यारिटीबाट संकलित रकम नेवा एजुकेशन फण्ड अन्तर्गत सामुदायिक विद्यालयका १० देखी १५ जना विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृति दिईने योजना रहेको छभने बालबालिका एवं महिलाको आकस्मिक औषधी उपचारार्थ नेवा च्यारेटी हेल्थ कोषको समेत स्थापना गरिने धरान रन समूहका अध्यक्ष रोमू राईले बताए ।

यसअघि धरान रनले गर्दै आएको प्रतियोगिताबाट संकलित रकम शारिरीक अपाङ्गता भएकी धरानकी साहित्यकार लक्ष्मी राईलाई २ लाख ५० हजार, धरान पोजेटिभ समुहमा रहेका संक्रमित बालबालिकाको शिक्षाको लागी १ लाख ५० हजार, दुव्र्यसनी महिलाहरुको संस्था दृष्टि नेपालको ह्याप्पी होमको लागी १ लाख ७७ हजार सहयोग गरिसकेको छभने अन्य थुप्रै सामाजिक संघसंस्थालाई समेत सहयोग गरिसकेको छ ।

विगत ४ वर्षदेखि धरान रनले प्रत्येक शनिबार धरान ८ स्थित यलम्बर पार्कबाट तीनकुने हुँदै पुनःयलम्बर पार्कसम्म ३.५ किमी दौडाउने गर्दछ । यस रनमा ६ सय भन्दा बढी बालबालिका देखि जवान वृद्धसम्मको सहभागिता रहने गर्दछ । यस संस्थाले २०, ५० र १०० हप्ता पार गर्ने धावक धाविकाहरुलाई प्रोत्साहन स्वरुप टि सर्ट, जुत्ता प्रदान गर्दै आएको छ । यही धरान रनबाट उत्पादित धावक–धाविकाहरुलाई धरान रनले स्थानिय तथा राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउँदै आएको छ ।