क्यारेबियन अन्तरकलेज क्रिकेट फागुन ९ गतेदेखि

क्यारेबियन अन्तरकलेज क्रिकेट फागुन ९ गतेदेखि


ललितपुरस्थित क्यारेबियन कलेजको आयोजनामा फागुन ९ गते बुधबारबाट क्यारेबियन अन्तर कलेज क्रिकेट प्रतियोगितामा सुरु हुने भएको छ । आगामी १८ फागुन सम्म सञ्चालन हुने प्रतियोगितामा राजधानीका बिभिन्न १६ टोलीको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा एस इन्स्टिच्यूड अफ म्यानेजमेन्ट, एसियन इन्स्टिच्यूड अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, क्यारेबियन कलेज अफ म्यानेजमेन्ट, कसमोस कलेज अफ इन्जिनियरीङ एन्ड म्यानेजमेन्ट, हेन्रीफोर्ड कलेज अफ इन्फर्मेशन टेक्हनोलोजी, काथफोर्ड इन्जिनियरीङ कलेज, काठमाडौं फरेष्ट्रि कलेज, किङ्स कलेज, नेशनल कलेज अफ इन्फर्मेशन टेक्हनोलोजी, नेपाल कमर्श क्याम्पस, नेपाल इन्जिनियरीङ कलेजको ए र बी टोली, पाटन बहुमुखी क्याम्पस, प्राइम कलेज अफ म्यानेजमेन्ट र यूनिग्लोब कलेज अफ म्यानेजमेन्टको टोलीले सहभागीता जनाउने छ ।

पुल्चोक स्थित इन्जिनियरीङ कलेजको मैदानमा हुने खेलको बिजेताले एक लाख तथा उप बिजेता टोलीले ५० हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले १० लाख तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले पनि पाँच/पाँच हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा आईसिसीको नियमअनुसार नै खेल खेलाईने आयोजकले जनाएकोछ । आयोजक क्यारेबीयन कलेजले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।