राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई तीन लाख दिने प्रधानमन्त्रीको घोषणा

राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई तीन लाख दिने प्रधानमन्त्रीको घोषणा


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्दै जनही नगद तीन लाख दिने घोषणा गरेका छन् । हालै प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन् ।

नामिवियामा हालै सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई जनही तीन लाख रुपैंयाले सम्मान गर्नेे घोषणा गरिएको हो । प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताउँदै उक्त रकम फागुन ११ गते शुक्रबार हस्तान्तरण गरिने बताएका छन् ।

फागुन १२ गते शनिबार नेपाली खेलाडी वल्र्डकप छनोंट खेलका खेल्नका लागि जिम्बावे प्रस्थान गर्दैछन् । उनीहरुलाई विदाई सहित रकम हस्तान्तरण गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि प्रति खेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने घोषण गरेका छन् ।