आठौं राष्ट्रिय प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट सार्वजनिक

आठौं राष्ट्रिय प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट सार्वजनिक


आउँदो बर्ष २०७५ सालमा मध्यपश्चिमांचलमा आयोजना हुन गैरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट (हात्तीको छावा) सार्वजनिक गरिएको छ ।

मध्यपश्चिमांचल क्षेत्रिय खेलकुद विकास समिति नेपालगंजले ‘सार्वजनिक कार्यक्रम’को आयोजना गर्दै लोगो, गीत, नारा र मस्कट एक समारोहका विच सार्वजनिक गरेकोछ ।

उक्त सार्वजनिक कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले गरेका हुन् । सो अवसरमा मध्यपश्चिमांचलका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेकोे थियो ।

सो अवसरमा ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने ब्यानर समेत राखिएको थियो ।

यसअघि आठौं राष्ट्रिय खेलकुदलाई सफलताका साथ सम्पन्न गर्न आयोजक कमिटीले विभिन्न निर्णय गर्दै सो अनुरुप कार्य गर्दै आएका छ । प्राप्त जानकारीका अनुसार आठौंको तयारी अन्तिम चरणमा पुगेको बुझिएको छ ।