‘तेश्रो महर्षि म्याराथन’ फागुन १२ गते शनिवार

‘तेश्रो महर्षि म्याराथन’ फागुन १२ गते शनिवार


महर्षि स्कुलको आयोजनामा ‘तेश्रो महर्षि म्याराथन – २०७४’ फागुुन १२ गते शनिबार हुने भएको छ । विद्यार्थी मानसिक र शारीरिकरुपमा स्वस्थ रहेमा राष्ट्र निर्माणमा योगदान पुग्छ भन्ने भावनालाई मूर्तरुप दिन स्कुलले आफ्नो बार्षिकोत्वस तथा अभिभावक दिवसका अवसरमा विगत दुई बर्ष देखि विद्यार्थीहरुका विच म्याराथन दौडको आयोजना गर्दै आएको छ ।

तेश्रो संस्करण सम्मा आई पुग्दा प्रतियोगितामा सहभागि हुने स्कुल र विद्यार्थी संख्यमा पनि बृद्धि हुँदै गईरहेको स्कुलका प्रिन्सिपल निर्मल पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

महिला र पुरुष गरि दुई विधामा हुने प्रतियोगितामा ४० विद्यालयका करिव ४ सय खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक हरिबहादुर थापामगरले जानकारी गराए । म्याराथनको नामाकरण गरिएतामा पनि विद्यार्थीहरुले उक्त दूरी पार गर्न निकै कठिन हुने र लामो दूरीको दौडका लागि यो प्रतियोगिताले विद्यार्थीहरुलाई सहयोगी भूमिका निर्वाह गर्ने प्रिन्सिपल पौडेलले बताए ।

फागुन १२ गते शनिबार हुने ५ कि.मि. दूरीको प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई नगद ७, ५ र ३ हजारका साथै मेडल, प्रमाण पत्र प्रदान गरिने छ । यस्तै सहभागी प्रत्येक खेलाडीहरुलाई टिसर्ट प्रदान गरिने संयोजक थापामगरले जानकारी गराएका छन् ।