उत्कृष्ट, बलियो र अनुशासित खेलाडी उत्पादन गर्ने दावी

उत्कृष्ट, बलियो र अनुशासित खेलाडी उत्पादन गर्ने दावी


नेपाल आईकेओ क्योकुशिन काईकान कराते संघको आयोजनमा प्रथम राष्ट्रिय पुरुष तौल तथा खुला र महिला खुल्ला क्योकुशिन काईकान फुल कन्ट्याक्ट कराते प्रतियोगिता फागुन ११ र १२ गते संचालन हुने भएको छ । उक्त प्रतियोगिताको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भईसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

एशिया र मिडलईष्टका प्रमुख सिहान पेटर च्योङ्ग र एशियन महासचिव एवं फिलिपिन्सका ब्रान्च चिफ सेन्सेई स्टिभिनको उपस्थितीमा हुने प्रतियोगितामा पुरुष तर्फ ४०, ५०, ६०, ७० र खुल्ला गरि पाँच विधा र महिला तर्फ खुल्ला गरि ६ स्वर्ण पदककालागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

सवै भन्दा उत्कृष्ट, बलियो र अनुशासित खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा संघिय संरचना अनुरुप ७ प्रदेशबाट १०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।
फागुन ११ र १२ गते सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल खेल परिसरमा हुने प्रतियोगितामा खुल्ला तर्फ विजयी पहिलो, दोश्रो र तेश्रो हुनेले नगद २५, १५ र ७ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै पुरुष तर्फको चार तौल समूहमा वियजी पहिलो, दोश्रो र तेश्रोले नगद १० हजार, ५ हजार र २ हजार ५ सय प्राप्त गर्ने छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ हजार ५ सय प्राप्त गर्ने अध्यक्ष राजु थापाले जानकारी गराए । प्रतियोगिताका दौरान सेमिनार र बेल्ट टेष्टको कार्यक्रम पनि हुने बिज्ञप्तीमा जनाईएको छ ।