एउटै माछाको मूल्य ३२ करोड !

एउटै माछाको मूल्य ३२ करोड !


एउटा माछाको मूल्य ३२ करोड रूपैयाँ ! सुन्दा अविश्वसनीय लाग्ने यो सन्दर्भ जापानको एक प्रसिद्ध माछाबजारमा यथार्थ घटनाको रूपमा प्रकट भएको हो । माछाको खरिद–बिक्रीका लागि विश्वमै चिनिएको सुकिजी नामक बजारमा गत महिना (जनवरी) उक्त माछाको मूल्य बढाबढ (लिलामी) भएको थियो । जापानकै माछा निर्यातकर्ता कम्पनी यामायुकीले ३२ करोड रूपैयाँमा खरिद गरेको सो टूना माछाको तौल ४ सय ५ किलोग्राम थियो । त्यति ठूलो साइजको टूना माछा भेटिनु दुर्लभ घटना थियो, तर जापानमा सामान्य अवस्थामै पनि टूना माछाको कारोबार प्रतिकिलो २८–३० हजार रूपैयाँमा हुने गर्दछ । वर्षकै पहिलो लिलामी भएको र विशेष आकारमा फेलापरेकोले उक्त माछाको मूल्यमा असामान्य बढाबढ हुन पुगेको बताइएको छ ।