दुर्ब्यसनी सुधार केन्द्रमा आगलागी, २५ को मृत्यु

दुर्ब्यसनी सुधार केन्द्रमा आगलागी, २५ को मृत्यु


अजरबैजानको राजधानी बाकुमा रहेको लागु औषध दुर्ब्यसनी सुधार केन्द्रमा शुक्रबार भएको आगलागीमा परी २५ जनाको मृत्यु भएको छ । आगलागी नियन्त्रण गर्न र आगलागीमा परेकाहरुलाई उद्धार गर्न उद्धारकर्ताहरुलाई तीन घण्टा लागेको एजेन्सीहरुले जनाएका छन् । स्थानीय समय अनुसार विहान ६ः१० मा आगलागी भएको थियो ।

जलेर गम्भीर घाइते भएकामध्ये चार जनालाई अस्पताल भर्ना गरिएको छ भने घटनाका बारेमा छानविन गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्न राष्ट्रपति इल्हाम अलियेभीले एक सरकारी आयोग गठन गरेका छन् । उनले मृतकका परिवारजनलाई केही आर्थिक राहतको व्यवस्था गर्न पनि निर्देशन दिएको समाचारमा जनाइएको छ ।