यूरोपमा शीतलहरको कहर

यूरोपमा शीतलहरको कहर


यूरोपमा पछिल्लो हप्ता देखिएको शीत लहरको प्रभावका कारण मृत्यु हुनेको सङ्ख्या फेब्रुवरी २६ देखि आइतबारसम्म १८ पुगेको छ । यूरोपका विभिन्न मुलुकबाट जानकारी लिएर एजेन्सीहरुले प्रसारण गरेको समाचारअनुसार शनिबारपहिले चिसोका कारण १५ जनाको मृत्यु भएको थियो भने त्यसयता थप तीन जनाको मृत्यु भएको छ ।

अहिलेसम्म चिसोका कारण स्पेनमा सबैभन्दा धेरै छ जनाको मृत्यु भएको बताइएको छ । त्यसैगरी चिसोका कारण जनजीवन प्रभावित बनेको आएरल्याण्ड, जर्मनी, इटाली, नर्वे, बेलायत, हङ्गेरी र सर्वियामा सार्वजनिक रूपमा सूचना जारी गरी सम्बन्धित मुलुकका प्रशासनले चिसोबाट बच्न सावधानी अपनाउन निर्देशन दिएका छन् ।

कतिपय देशमा चिसो अझै बढ्ने क्रममा रहेको जानकारी बेलायती सरकारी सुरक्षा केन्द्रले बताएको छ । यद्यपि बेलायतका केही भागमा भने उल्लेख्य मात्रामा चिसो घटेको बताउँदै डवलिन र कर्कका विमानस्थल चालु भएको जनाइएको छ ।