सर्वत्र चर्चा छ यो- वामदेव पण्डित (वर्ष ९५)

सर्वत्र चर्चा छ यो- वामदेव पण्डित (वर्ष ९५)


सारा यो वर्तमानको विषय ती लेखेर के साध्य छ ।।
नेताबाट बनेर वाक्क दुनियाँ अर्कै दिशा ढल्दछ ।।१।।
पाखण्डी गतिले अगाडि बढने नेता भएको हुँदा ।
पक्कै आउँछ दुर्दशा अब भनी थाहा सबै पाउँदा ।।२।।
लोते वा टुहुरो भएको यसरी काटिरहेछौँ दिन ।।
राम्रो ठीक उपाय सोच्न नसकी बाँचिरहेछौँ किन ।।३।।
माओदर्शनवाद को छ अहिले ठूलो छ यहाँ दल ।।
फैलेको छ जताततै यस घडी निलो घना बादल ।।४।।
नेता पक्ष विपक्षका सकल यी ढिका बने मात्र यो ।।
राम्रो देश हुनेछ नत्र नहुने सर्वत्र चर्चा छ यो ।।५।।
त्यो आदर्श बनेन लौ यदि भने नेपाल भन्ने थर ।।
होला लोप भनेर बस्दछ बूढो काँपेर नै थर्थर ।।६।।
चिन्ता गर्दछ मातृभूमि यसरी मासिन्छ प्यारो घर ।।
दु: खी वृद्ध सदा छ हे पशुपति राम्रो सबैमा गर ।।७।।
निक्ल्यो पश्चिमबाट सूर्यसरि भई सत्ता बन्यो शङ्कित ।।
भित्री पोल खुलेर आमजनता धेरै बने त्रसित ।।८।।
राम्रो यो सरकार बन्छ कसरी भन्नै बढी कष्ट छ ।।
शान्ति स्थापित बन्न सक्छ कसरी सक्दैन है प्रस्ट छ ।।९।।