रुसको एक व्यापारिक केन्द्रमा भिषण आगलागी, ३७ को मृत्यु, ६९ बेपत्ता

रुसको एक व्यापारिक केन्द्रमा भिषण आगलागी, ३७ को मृत्यु, ६९ बेपत्ता


रुसको साइबेरियास्थित एक व्यापारिक मलमा भिषण आगलागी भएको छ । सो आगलागीमा परी सय भन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ ।

डेली मेलका अनुसार अहिलेसम्म ३७ जनाको मृत्यु भएको र ६९ जना हराइरहेका छन् । त्यहाँस्थित सरकारी अधिकारीले २३ जनाको मात्र शव फेला पारेको जनाएका छन् ।

आगो निभाउने कार्यमा निरन्तर खटिएपनि आगो नियन्त्रणमा भने आउन सकेको छैन् । डेलीमेलका अनुसार हराइरहेका मध्ये ४० जना बालबालिका रहेको छ । आगलागी मेरोभोस्थित विन्टर चेरी भवनको उपल्लो तलाबाट सुरु भएको थियो ।