पकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकाको एयरपोर्टमा अपमानजनक ‘चेकिङ’

पकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकाको एयरपोर्टमा अपमानजनक ‘चेकिङ’


संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा गएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खक्कान अब्बासीले त्यहाँको एयरपोर्टमा अपमानजनक अवस्था ब्यहोर्नुपरेको छ । एयरपोर्टमा आमनागरिकलाई जस्तै गरी कपडा फुकालेर चेकिङ गरेपछि अब्बासीले सर्मनाक स्थितिको सामना गर्नु परेको हो ।

फस्टाउँदै गएको आतङ्कवादका कारण पाकिस्तानका नागरिकले अमेरिकामा प्रवेश गर्नुअघि प्रायः यस्तो स्थितिको सामना गर्नु परे पनि देशकै प्रधानमन्त्रीले यस्तो अपमानजनक ब्यवहारको सामना गर्नुपरेको सम्भवतः यो पहिलो घटना हो ।

प्रधानमन्त्री अब्बानी आफ्नी बिरामी बहिनीलाई भेट्न निजी भ्रमणमा अमेरिका गएको बताइन्छ । प्रधानमन्त्री अब्बासीलाई इमिग्रेसनमा चेक गर्दै गरेको भिडियो भाइरल भएपछि पाकिस्तानले रोष प्रकट गरेको छ । साथै पाकिस्तानका संचारमाध्यमहरुमा उक्त भिडियोलाई प्रमुखताका साथ देखाइँदै आएको छ । उक्त भिडियोमा अब्बासीलाई कपडा खोलेर चेकिङ गरेको देखाइएको छ ।

पाक सञ्चारमाध्यमहरुले निजी भ्रमणमा गएका प्रधानमन्त्रीको यस्तो प्रकारले चेकिङ प्रधानमन्त्रीको मात्र नभई देशकै बेइज्जत भएको बताएका छन् । साथै यस्तो अवस्थामा पनि प्रधानमन्त्रीसँग डिप्लोमेटिक पासपोर्ट हुने हुँदा यस्तो घटना घट्नु दुःखद भएको बताएका छन् ।

एजेन्सीका अनुसार पाकिस्तानमा बढ्दै गएको आतङ्कवादका कारण त्यहाँका नागरिकलाई भिसा बन्द गर्ने सोचमा अमेरिका पुगेको र सो विषयमा विचारविमर्श भैरहेको जनाइएको छ ।

स्मरणीय छ, पाकिस्तानी प्रधानमन्त्री अब्बासीको यस अपमानजनक जाँचको केही समय पहिले अमेरिकाले पाकिस्तानका सातवटा कम्पनीलाई परमाणु ब्यापारको शङ्कामा खारेज गरेको थियो ।