अब भारतभर सिमविना नै मोबाइलबाट सूचना आदानप्रदान हुने, कसरी ?

अब भारतभर सिमविना नै मोबाइलबाट सूचना आदानप्रदान हुने, कसरी ?


भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरी निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन् । राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था, इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट भेहिकलले जीसैट (६ए)लाई दक्षिणी अन्तरिक्ष स्टेसन श्रीहारिकोटाबाट स्थानीय समय अनुसार अपरान्ह् ४ बजेर ५६ मिनेटको समयमा प्रक्षेपण भएको थियो ।

प्रक्षेपण गरिएको २० मिनेटमा सञ्चार उपग्रह निश्चित स्थानमा पुगेको एक भारतीय अन्तरिक्ष अधिकारीलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् ।

यससँगै सिमविना नै भारतभर मोबाइलबाट सूचनाको आदानप्रदान गर्न सकिने भएको छ ।

यसैबीच चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको जनाएको छ । चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले विहीबार बताएअनुसार चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन लागिएको हो ।

विदेश मन्त्रालयका प्रवक्ता लुलाई पछिल्लो समय दलाई लामाको भ्रमण रद्द गर्ने लगायतका निर्णयद्वारा भारतले चीनसँगको सम्बन्ध सुधार्न चाहेको दखिन्छ नि भनी सोधिएको प्रश्नमा सम्बद्ध अधिकारीले चीन र भारतबीचको सम्बन्धले सकारात्मक दिशा लिएको र यो दुवै देशको संयुक्त कूटनीतिक प्रयासले सम्भव भएको जवाफ दिएका छन् ।

चीनले भारतीय पक्षसँग यस सन्दर्भमा आपसमा सहमति निर्माण गरेर सहकार्य गर्न तयार छ र यसबाट आपसी रूपमा राजनीतिक विश्वास विस्तार हुनेछ ।