ड्रिमगर्ल हेमा कति धनी † -नविन उप्रेती

ड्रिमगर्ल हेमा कति धनी † -नविन उप्रेती


आजभन्दा अर्ढाई-तीन दशकअघिका सिनेमाप्रेमीहरूको हृदय हेमा मालिनीको नाम लिनेबित्तिकै जोडले धड्किने गथ्र्यो । सुन्दरताका लागि कहलिएकी यी अभिनेत्रीलाई ‘ड्रिमगर्ल’कै नामसमेत दिइयो । यतिबेला राजनीतिमा समेत सक्रियता दर्शाइरहेकी ६२ वर्षीया हेमासँग सौर्न्दर्य मात्र नभएर ऐर्श्वर्य पनि उत्तिकै रहेको खुलासा भएको छ । भाजपाकी सांसदका रूपमा भारतीय राजनीतिमा स्थान जमाइरहेकी हेमाले हालै कर्नाटक राज्यबाट राज्यसभा चुनावमा उम्मेदवारी दिँदा आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार उनीसँग सुन मात्र पाँच किलो छ भने भारतीय ३५ करोड मूल्यका चारवटा महल छन् । पति धर्मेद्रको नाममा रहेको आईसी एक अर्ब ११ करोड ७१ लाखबराबरको चल-अचल सम्पत्तिमा पनि हेमाको हिस्सा रहेको छ भने २५.५ किलो चाँदी र ११६.८५ क्यारेट हीरा पनि हेमाको स्वामित्वमै रहेको सम्पत्तिभित्र पर्छन् । त्यति हीराको हालको बजार मूल्य आईसी एक करोड ३९ लाखभन्दा ज्यादा छ ।
यसैगरी जम्मा दस कक्षासम्मको औपचारिक स्कुले शिक्षा लिएकी हेमासँग मर्सिडिज बेञ्जसहित चारवटा महँगा कार छन् भने २३ करोड आईसी मूल्यको अन्य सम्पत्ति रहेको विवरण उनले प्रस्तुत गरेकी छिन् ।

प्राइसलाई महँगो पर्ने भो ‘डिभोर्स’
नेपाललगायतका एसियाली मुलुकमा मात्र होइन पश्चिमा देशहरूमा पनि वैवाहिक सम्बन्ध विच्छेद गर्दा पुरुषले महिलालाई अंश, मानाचामल वा क्षतिपूर्ति दिनुपर्ने प्रचलन रहँदै अएको छ । तर, यस परम्पराको विपरीत विख्यात बेलायती मोडल केटी प्राइसका लागि भने आफ्नो लोग्नेसँगको सम्बन्धविच्छेद निकै महँगो पर्ने भएको छ । डेली मेल अखबारले जनाएअनुसार एक वर्षअघि मात्र प्राइस र एलेक्सीबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो, तर सुरुमा निकै जमेको जोडी भनी प्रचारित एलेक्स-प्राइस जोडीको सम्बन्ध विवाहको एक वर्ष नपुग्दै तनाव र झगडाबाट गुज्रियो । अन्तत: केटी प्राइसले एलेक्सलाई धोकेवाजको संज्ञा दिएर सम्बन्धविच्छेद गर्ने निर्णय गरिन् । तर, त्यसका लागि एलेक्सलाई उनले हर्जना तिर्नुपर्ने भयो । एलेक्सले यतिबेला प्राइससँग ९७ लाख डलरमा मात्रै पारपाचुकेको सम्झौता हुन सक्ने भन्ने माग तेर्स्याएका छन् भने प्राइसलेचाहिँ आफूहरू छोटो समयमात्र लोग्ने-स्वास्नी बनेर बसेकाले जम्मा १० लाख डलर तिरेर आफूले मुक्ति पाउनुपर्ने तर्क गरेकी छिन् । हेर्नुछ अब लोग्ने छोडेबापत प्राइसले कति मूल्य चुकाउनुपर्ने हो ?†

कुकुरले गर्‍यो कमाल
भनिन्छ- कुकुर मालिकप्रति अत्यन्त वफादार प्राणी हो । यो विश्वव्यापी तथ्य पनि हो । तर, रोमको एक कुकुरले यस विश्वव्यापी तथ्यलाई चुनौती मात्र दिएन आफू एक जनावर भएर पनि एउटी १४ वर्षीया किशोरीलाई बलात्कार हुनुबाट जोगाएर आफ्नै मालिकलाई जेलको हावा खान बाध्य तुल्याएर रोचक उदाहरण बन्न पुगेको छ । घटनाक्रमअनुसार रोमको मिलाननिवासी ती किशोरी एउटा पार्कमा उक्त कुकुरसँग खेल्दै थिइन् । त्यही क्रममा सो कुकुरको मालिक जो ४० वर्ष उमेरमै ६ सन्तानको पितासमेत बनिसकेको थियो, किशोरी र कुकुर भए ठाउँमा टहलिँदै आइपुग्यो । किशोरीको हाउभाउ र फक्रँदो जवानीदेखि मोहित बनेको त्यो पुरुषले पहिले त किशोरीलाई कफी पिउन अफर गर्‍यो, तर एकैछिनमा उसले तिनलाई जबर्जस्ती पक्रिएर पार्कमै कपडा उतार्न थाल्यो । यस्तो अवस्था देखेपछि कुकुर भुक्दै आफ्नै मालिकलाई झम्टन पुग्यो । मालिक जिल्ल पर्दै कुकुरतर्फ फर्किएको अवस्थामा किशोरीले उसको कम्मरमा लात हानेर उसलाई पछार्दै भाग्न सफल भइन् । पछि प्रहरीले पुरुषलाई पक्रियो र दोषी सावित भएपछि जेल पठायो ।