काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ—डा. मीनेन्द्र रिजाल (नेपाली काङ्ग्रेसका नेता)

काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ—डा. मीनेन्द्र रिजाल (नेपाली काङ्ग्रेसका नेता)


० सरकारको नेतृत्व गर्न चाहेको नेपाली काङ्ग्रेसले लोकतन्त्रसँग प्रधानमन्त्री पद नसाट्ने भन्यो नि, किन ?
– १२बुँदे समझदारीबाट सुरु भएको यात्रा शान्ति, लोकतन्त्र, अग्रगमन र समृद्धिका लागि हो । यो यात्रालाई अविचलित रूपमा अगाडि बढाउन काङग्रेस प्रतिबद्ध छ । अनि प्रधानमन्त्री पदकै लागि त ती गम्भीर मुद्दालाई काङ्ग्रेसले कहाँ अलपत्र पार्न सक्छ ? हामी मुलुकलाई निकास दिने बाटोमा लागेका छौँ, त्यसैले हाम्रा पार्टीसभापतिलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका छौँ । सुरुका दिनमा अलिक अलमल देखिएको भए पनि बिस्तारै अरू राजनीतिक दललाई पनि अगाडि बढाउने विश्वास नेपाली काङ्ग्रेसले पालेको छ ।
० काङ्ग्रेसले सभापतिलाई प्रधानमन्त्री बनाउने भइसकेपछि सहमतिका सूत्रचाहिँ किन अगाडि सार्न नसकेको नि ?
– काङ्ग्रेसले उम्मेदवार अगाडि सार्नुअघि उम्मेदवार तय गर्नुपर्‍यो भनेर सबै पार्टीले भनेकै हुन् । यसरी काङ्ग्रेसले उम्मेदवार अघि सारिसकेपछि त्योभन्दा बाहिर गएर सहमति खोज्ने कुरा जतिसुकै र जोसुकैले प्रयत्न गरे पनि सम्भव छैन भन्ने पक्कापक्की नै छ । मुलुकको राजनीतिलाई अझ बढी द्वन्द्व र मुठभेडमा धकेल्न कोही लागिपरेका छन् भने मात्र यसमा दायाँबायाँ कुरा गर्ने हो । अब काङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार गठन गर्नुबाहेक अन्य विकल्प छैन । किनकि, विपक्षी दलहरूले मात्र नभई सत्तापक्षका दलहरूले समेत काङ्ग्रेसले उम्मेदवार तय गरोस् भनेको हो । यसरी काङ्ग्रेसले उम्मेदवार उभ्याएपछिका दुई दिनको वार्ता त्यति फलदायी भएनन्, तथापि हामीले सहमतिको बाटो छोडिसकेका छैनौँ । जे सूत्र खोज्नुपर्ने हो सबै मिलेर नै खोज्ने हो ।
० काङ्ग्रेसले सहमति चाहेको छैन भन्ने आरोप लगाइरहेको छ नि एमाओवादीले त, किन होला ?
– काङ्ग्रेसले किन सहमति नचाहने ? जुन पार्टी निष्पक्ष चुनाव गराउनका लागि सरकारको नेतृत्व आफूले गर्ने दाबी गरिरहेको छ उसले सहमति चाहेको छैन भन्नु त हास्यास्पद आरोप मात्र हुन्छ । उम्मेदवार देऊ भनेपछि हामीले उम्मेदवार दियौँ, त्यसपछि उताबाट हुनुपर्नेजति रेस्पोन्स भएन । तैपनि हामीले नराम्रो रूपमा यो विषयलाई लिएका छैनौँ, संयमका साथ सहमतिका लागि पहल गरिरहेका छौँ । सहमति नचाहने त बरु सत्ताधारीहरू नै देखिएका छन् नि ।
० सरकारको नेतृत्व लिन्छु भन्ने पार्टीले एकीकृत माओवादीसँग केही सम्झौता त गर्नुपर्ला नि, पर्दैन र ?
– सम्झौता किन गर्नुपर्‍यो र ? हामी सबै दलले वैशाखमा चुनाव चाहेकै हौँ । मुलुक चार वर्षसम्म संविधानसभाबाट संविधान दिने कुरामा असफल रह्यो । अर्थात् संविधानसभाबाट संविधान दिन हामी दलहरू असफल भयौँ । तसर्थ अब नयाँ संविधान बनाउने बाटोमा हामी लाग्नु छ, त्योभन्दा अरू उपाय छैन । संविधान आफैंले बनाउने भनेर जनताले ७० वर्ष कुरिसकेका छन् । यत्तिका वर्ष जनतालाई कुराएर फेरि हामी दलहरूले मात्र आफूखुसी संविधान दिन खोज्नु कहाँसम्म न्यायोचित होला ? जनताले त आफ्ना प्रतिनिधिमार्फत संविधान बनाउने अधिकार सुरक्षित राखेका छन् । अब अरू बाटोबाट संविधान बन्न सक्दैन । यो कुरा सबैले राम्ररी बुझ्नुपर्छ कि चारवटा दलले चार कुनामा बसेर आ–आफ्ना एजेण्डा राखेर संविधानको मस्यौदा गर्ने अनि लुकेर छलफल गरी त्यसकै आधारमा संविधान बनाएर जारी गर्ने भन्ने अब हुन सक्दैन, यस्तो कसैले सोच्नै हुँदैन । जनतामा हाम्रो विश्वास छ भने जनतामै जाने हो । जनताको नयाँ आदेश लिएर आई संविधान बनाउन लाग्ने हो ।
० माओवादीले त संविधानका विषयमा विगतमा जे–जे सहमति भएको छ त्यसलाई लिपिबद्ध गरौँ भनेको न हो, होइन र ? यसमा किन आपत्ति गरेको तपाईंहरूले ?
– संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्नेमा हामीलाई कुनै आपत्ति छैन । हामी जुनसुकै बेला पनि त्यो स्वामित्व ग्रहण गर्न तयार छौँ । तर, संविधानसभामा के–के सहमति भएको थियो र के–के सहमति भएको थिएन भनी छलफल गर्न थाल्यो भने त्यसैमा पनि फेरि विवाद हुन थाल्ला यसमा भएको थियो यसमा भएको थिएन भनेर । हप्तौँ फेरि त्यही विवादमा समय खेर जाला । वैशाखमा निर्वाचन गर्ने नै हो भने अब यस्ता फजुलका विवाद र बहानाबाजी छोडेर दुई–चार दिनभित्रै नयाँ सरकार गठन गर्न तत्परता देखाउनुपर्छ अब हामीले । नयाँ ऐन–नियमहरू तर्जुमा गर्नुपर्नेछ, निर्देशिकाहरू बन्नुपर्ने हुन्छ, यतिका संवैधानिक निकायहरूमा नियुक्तिका काम बाँकी छन्, हामीचाहिँ अनेक खुद्रा–मसिना कुरा गरेर बसिरहने ?
० निकासका लागि प्याकेजमा सहमति गर्न तपाईंहरू तयार हुनुहुन्छ कि हुनुहुन्न ?
– दोहोर्‍याएर प्रश्न आएपछि दोहोर्‍याएर भन्नैपर्ने हुन्छ कि अँध्यारो कोठामा बसेर संविधान बन्न सक्दैन, संविधानसभामा हामी सबैले गरेको काम हो, जनताका प्रतिनिधिहरूले गरेको काम हो, त्यसको स्वामित्व काङ्ग्रेसले जहिले पनि ग्रहण गर्छ । तर, संविधानसभामा के–के काम भयो या भएन भनेरै छलफल गरी बस्ने समय हो–होइन भन्ने काङ्ग्रेसको धारणा हो । भएका ती कामहरूलाई सञ्चित गर्ने जिम्मा एउटा निकायलाई लगाएर हामी चुनावतर्फ उन्मुख भइहाल्नुपर्छ, यसका लागि सरकारको नेतृत्व परिवर्तन गरेर काममा जुटिहाल्नु अपरिहार्य छ ।
० सङ्घीयतासहितको संविधान आउनेमा सुनिश्चितता हुनुपर्‍यो भन्ने माग छ एमाओवादीको, काङ्ग्रेसले सङ्घीयतामा घात गर्न खोजेको हो र ?
– संविधानसभामा रहेकामध्येको नेपाली काङ्ग्रेस एक मात्र पार्टी हो जसले सङ्घीयताको कुरालाई अपरिवर्तनीय धाराका रूपमा रहनुपर्छ भन्यो । उसले संविधानमा फेर्नै नसकिने विषयमध्ये सङ्घीयतालाई पहिलो प्राथमिकता दिएर प्रस्ताव गर्‍यो । यस्तो पार्टी जो सङ्घीयताको पक्षमा अविचलित रूपमा उभिने अठोट दोहोर्‍याइरहेको छ भने उससँग अब सङ्घीयताको सुनिश्चितता खोज्ने भनेको के ?
० सभापति सुशील कोइरालाले नै सङ्घीयताको पक्षमा दर्बिलो अडान देखाइरहन सक्नुभएको छैन भन्ने आरोप छ उनीहरूको, के भन्नुहुन्छ ?
– काङ्ग्रेस मात्र एउटा यस्तो पार्टी हो जो बाहिर एउटा र भित्र अर्को कुरा गर्दैन । काङ्ग्रेस पार्टीले जुन दिन मुलुक गणतन्त्रमा जाने प्रस्तावमा सहमति जनायो अनि केही दिनमै मुलुक गणतन्त्र राष्ट्र बन्यो । यस्तै, काङ्ग्रेसले सङ्घीयताको प्रस्ताव पारित गर्‍यो, अब यसबाट ऊ फर्केर जाँदैन । सभापति कोइरालाले कहिले कहाँ सङ्घीयताका विषयमा ढुलमुले धारणा व्यक्त गर्नुभयो ? के कसैले यसको प्रमाण दिन सक्छ ? यो राजनीतिक सङ्क्रमणलाई कायम राखिरहने चाल मात्र हो । बाहिर एउटा देखाउने भित्रचाहिँ लुकाएर अर्कै प्रस्ताव पारित गर्ने पार्टी होइन नेपाली काङ्ग्रेस, यो सबैले बुझून् । सङ्घीयताबारे हाम्रो पार्टीको जति स्पष्ट अडान अरू कसैको छैन । कसै–कसैले सङ्घीयतालाई आफ्नो किसिमले व्याख्या गरेर भोलि हुने चुनावमा कसरी जनतालाई भ्रमित तुल्याएर मत लिन सकिन्छ भनी जथाभावी हौवा फैलाउन खोज्दा अन्तत! उनीहरू नै घाटामा पर्नेछन् । कुनै–कुनै पार्टीले त नेपालमा सङ्घीयता ५–७ वर्षलाई चाहिने हो त्यसपछि नभए पनि हुन्छ भनेको पनि सुनियो, उनका आफ्ना दस्तावेजमा यस्तो लेख्ने अनि बाहिर जनतासँग आफू मात्र सङ्घीयताका पक्षधर अरू सबै विपक्षी भनेर ढोल पिटाउन खोज्नेहरू चाँडै नै जनतामाझ नाङ्गिने छन् ।
० जसले जे सर्त अघिसारे पनि राष्ट्रिय सहमतिको सरकारको विकल्प यतिबेला देखिँदैन, सरकार त्यसो भए नेपाली काङ्ग्रेसकै नबनाई नछोड्ने होइन तपाईंहरू ?
– हामी मात्रको चाहना होइन यो, आमनेपाली जनताले अब काङ्ग्रेसकै सरकार देख्न चाहिरहेका छन् । आफू हारेर पनि निष्पक्ष चुनाव गराउने पार्टी भनेको नेपाली काङ्ग्रेस मात्रै हो भन्ने जनताले बुझेका छन् । अहिलेसम्मका प्रत्येक चुनाव काङ्ग्रेसकै नेतृत्वमा भएको इतिहास पनि जनताले भुलेका छैनन् ।
० त्यसो भए कहिले बन्नुहुन्छ त सुशील कोइराला यो देशको प्रधानमन्त्री, बताइदिनुहोस् ?
– चाँडै बन्नुहुनेछ । तिथि ठ्याक्कै तोक्न पनि सकिन्थ्यो तर एमाओवादीको अनावश्यक अडानले ढिलो गराइरहेको छ ।
० प्रचण्डजीले त ढिलो गर्ने मात्रै होइन काङ्ग्रेसको नेतृतवमा सरकार नै स्वीकार गर्नुहुन्नजस्तो पो देखिँदै छ त ?
– प्रचण्डजीकै आह्वानअनुसार जुन गम्भीरताका साथ काङ्ग्रेसले आफ्नो उम्मेदवारी दिएको छ त्यही गम्भीरताका साथ यसलाई कदर गर्ने इमानदारी उहाँले देखाउनुपर्छ । मुलुकलाई थप मुठभेडमा लैजाने बाटो एमाओवादी या अन्य कुनै पनि दलले रोज्नुहुँदैन । बाहिर जे–जे कुरा गरे पनि परिस्थितिको गम्भीरता प्रचण्डजीले बुझ्नुभएको छ भन्ने हाम्रो धारणा छ । यतिबेला कसैको जित र हारको रूपमा कुनै पनि इस्युलाई लिनुहुँदैन । निर्वाचनसम्मका लागि मात्र होइन त्यसपछि पनि मिलेर संविधान निर्माण गर्ने यात्रा हामीले तय गर्नुछ भन्ने ख्याल सबैले राख्नैपर्छ । दलहरूबीच विश्वासको सम्बन्ध कायम नहुने हो भने त त्यो ठाउँसम्म कसरी पुग्ने ?
० तपाईंहरू सहमतिको कुरा पनि गर्दै हुनुहुन्छ फेरि आन्दोलनको धम्कीचाहिँ किन दिएको नि ?
– हामीले भन्नैपर्छ कि आन्दोलन हाम्रो चाहना होइन, बाध्यता हो । आन्दोलनमा जान नपरोस् भन्ने त हामी हरदम चाहिरहेका छौँ । सहमतिका लागि सबै उपाय प्रयोग गर्छौँ, त्यति गर्दा पनि नभए त फेरि आन्दोलनमा जानुको के विकल्प रहन्छ र ? तैपनि सहमतिकै लागि आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छौँ हामीले ।
– ऋषि धमला

व्यक्ति होइन, नियम–कानुन हेर्छु—प्रवउ जयबहादुर चन्द (प्रमुख, महानगरीय प्रहरी परिसर काठमाडौं)
प्रहरी बर्दिधारी नागरिक हुन् भने नागरिक बिनाबर्दीका प्रहरी हुन् भन्ने नेपाल प्रहरीको नारालाई मूलमन्त्र ठानेर त्यसैलाई आत्मसात् गरी कर्तव्यमा लागिपरेका प्रहरी वरिष्ठ उपरीक्षक जयबहादुर चन्द यतिखेर काठमाडौं प्रहरी प्रमुख हुनुहुन्छर नेपाल प्रहरीभित्र सक्षम, इमानदार, अनुशासित तथा खरो अधिकृतका रूपमा चिनिनुहुने चन्द प्रहरी इमानदार र नागरिकमैत्री हुन सके धेरै अपराध सहजै नियन्त्रण हुने बताउनुहुन्छ । ०४४ साल चैत २९ गते प्रहरी निरीक्षकका रूपमा प्रहरी सङ्गठनभित्र प्रवेश गर्नुभएका चन्दले सेवा अवधिको यो २५ वर्षमा थुपै्र उदाहणीय काम गरिसक्नुभएको छ । बैतडी जिल्लाको दुर्गम स्थान भौनेली गाविस वडा नं. ६ मा जन्मिएका चन्दले सानै उमेरमा नै अन्याय–अत्याचार सहेर बस्नु पनि एक किसिमको अपराध नै हो भन्ने सोच राख्दै एक दिन निरीह जनतालाई न्याय र सुरक्षा प्रदान गर्ने प्रहरी बनेर देशको सेवा गर्ने उद्देश्य चुन्नुभएको थियोर सानो उमेरको यही अभीष्टलाई यतिखेर उहाँले व्यवहारमा उतारिरहनुभएको छ । आफ्नो कमजोरीलाई सहज रूपमा स्वीकार गर्न सक्ने व्यक्तिले नै आफूलाई सुधारेर देश र जनताको भलाइमा उभ्याउन सक्छ भन्ने मान्यता बोकेका वरिष्ठ प्रहरी उपरीक्षक चन्द प्रहरी सङ्गठनका पनि केही प्रहरी बर्दिधारी नागरिक हुन् भने नागरिक बिनाबर्दीका प्रहरी हुन् भन्ने नेपाल प्रहरीको नारालाई मूलमन्त्र ठानेर त्यसैलाई आत्मसात् गरी कर्तव्यमा लागिपरेका प्रहरी वरिष्ठ उपरीक्षक जयबहादुर चन्द यतिखेर काठमाडौं प्रहरी प्रमुख हुनुहुन्छ । नेपाल प्रहरीभित्र सक्षम, इमानदार, अनुशासित तथा खरो अधिकृतका रूपमा चिनिनुहुने चन्द प्रहरी इमानदार र नागरिकमैत्री हुन सके धेरै अपराध सहजै नियन्त्रण हुने बताउनुहुन्छ । ०४४ साल चैत २९ गते प्रहरी निरीक्षकका रूपमा प्रहरी सङ्गठनभित्र प्रवेश गर्नुभएका चन्दले सेवा अवधिको यो २५ वर्षमा थुपै्र उदाहणीय काम गरिसक्नुभएको छ । बैतडी जिल्लाको दुर्गम स्थान भौनेली गाविस वडा नं. ६ मा जन्मिएका चन्दले सानै उमेरमा नै अन्याय–अत्याचार सहेर बस्नु पनि एक किसिमको अपराध नै हो भन्ने सोच राख्दै एक दिन निरीह जनतालाई न्याय र सुरक्षा प्रदान गर्ने प्रहरी बनेर देशको सेवा गर्ने उद्देश्य चुन्नुभएको थियो । सानो उमेरको यही अभीष्टलाई यतिखेर उहाँले व्यवहारमा उतारिरहनुभएको छ । आफ्नो कमजोरीलाई सहज रूपमा स्वीकार गर्न सक्ने व्यक्तिले नै आफूलाई सुधारेर देश र जनताको भलाइमा उभ्याउन सक्छ भन्ने मान्यता बोकेका वरिष्ठ प्रहरी उपरीक्षक चन्द प्रहरी सङ्गठनका पनि केही कमी–कमजोरी हुन सक्छन् तर थोरै कमी–कमजोरी भयो भन्दैमा तिललाई ताड बनाउन नहुने बताउनुहुन्छ । योग्य र इमानदारको कदर जहाँ पनि हुनुपर्ने मान्यता राख्नुहुने उहाँ नेपाल प्रहरीमा पनि यस धारणाले स्थान पाउन थालेको दाबी गर्नुहुन्छ । नेपाल प्रहरी तथा वर्तमानमा राजधानीको सुरक्षा अवस्थालगायत विषयमा केन्द्रित रहेर प्रवउ चन्दसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
० नेपाल प्रहरीमा इमानदारको खासै कदर हुँदैन, कामको मूल्याङ्कन हुँदैन भन्ने सुनिन्छ, तपाईंको भोगाइ कस्तो छ ?
– मानव सभ्यतादेखि नै हरेक क्षेत्रमा यस किसिमको लडाइँ हुँदै आएको छ । खराब र राम्रोबीचको लडाइँ हिजो पनि थियो, आज पनि छ र सम्भवत! भोलि पनि रहनेछ । जस्तो पुराणकालीन देवासुरसङ्ग्राम पनि देव र असुर अर्थात् राम्रो र नराम्रोबीचकै लडाइँ हो । महाभारतको युद्ध पनि त्यही हो । रामायणकै कुरा गर्ने हो भने पनि असल र खराबबीचको लडाइँ नै हो । यो सोसाइटीमा निरन्तर चलिरहन्छ । नेपाल प्रहरीमा पनि त्यस्तो हुन सक्छ । तर, जहाँ पनि सचेत तप्का या आफूलाई शिक्षित भन्नेहरूले सही या राम्रोको पक्षमा उभिनुपर्छ भन्ने मेरो मान्यता छ । राम्रो कर्म गर्दै गएपछि ढिलो–चाँडो फल पाइन्छ । क्षमता र इमानदारीको कदर तत्काल नभए पनि इतिहासले त त्यसको हिसाब राख्छ नै भन्ने ठान्छु म ।
० यसको मतलब प्रहरी सङ्गठनमा पनि राम्रो र नराम्रोबीचको लडाइँ चलिरहेको छ होइन त ?
– भनिहालेँ नि, प्रहरी सङ्गठनमा मात्र होइन यो लडाइँ हरेक पेसामा चलेको छ । राम्रो र नराम्रोबीचको लडाइँ एउटा संस्थामा मात्र होइन सबै क्षेत्र र तप्कामा संसारभर छ । विकसित र सभ्य भनिने मुलुकमा पनि राम्रो सिस्टमका बाबजुद यो रोग छ, तर त्यहाँ नगन्य मात्र होला । त्यस्ता देशमा खराब या अक्षम व्यक्तिले हम्मेसी स्थान नै पाउँदैन । त्यहाँका शासक, प्रशासक र सोसाइटी ज्यादै इमानदार हुन्छन् । सत्य र असत्यको त्यहाँ ज्यादै ख्याल गरेको पाइन्छ । हामीले पनि यो अनुकरण गर्ने प्रयत्न गर्नुपर्छ ।
० नेपाल प्रहरीमा जिम्मेवारी प्रदान गर्ने र कामको मूल्याङ्कन गर्ने सवालमा कस्तो महसुस गर्नुभएको छ तपाईंले ?
– नेपाल प्रहरीको नयाँ नेतृत्व भर्खरै मात्र आएको अवस्था छ । प्रहरी महानिरीक्षकमा कुबेरसिंह राना आउनुभएपछि सबैले उहाँबाट उपरोक्त सवालमा विशेष पहल हुने आशा र विश्वास गरेका छन् ।
० प्रहरी महानिरीक्षकबाट तपाईंहरूले गरेको अपेक्षाचाहिँ के हो ?
– हाम्रो वर्तमान आईजी साहेवको मूल चिनारी भनेको कामप्रति प्रतिबद्धता र निष्ठा हो । उहाँले आजसम्म आफ्नो निष्ठालाई कहीँकतै दाग नलगाएका कारणले नै वर्तमान विषम परिस्थितिमा सङ्गठनको नेतृत्व सम्हाल्ने मौका पाउनुभएको होजस्तो लाग्छ । निष्ठा, इमानदारिता र प्रतिबद्धता वर्तमान प्रमुखको पहिचान हो । यस्तो नेतृत्वले राम्रो निर्णय गर्छ भन्ने सबैको अपेक्षा हो ।
० सङ्गठन प्रमुखले तपाईंलाई कुनै खराब या अनुचित निर्देशन दिनुभयो भने त्यो बेला तपार्इंले उक्त आदेशलाई कसरी लिनुहुन्छ ?
– मैले वर्तमान आईजी साहेवलाई आज चिनेको होइन । उहाँको त्यस्तो नेचर नै छैन । उहाँ सङ्गठन प्रमुख हुनुभन्दा अगाडि आयुक्त कार्यालयको प्रमुख हुनुहुन्थ्यो भने म काठमाडौंको प्रमुख थिएँ । उहाँले कहिल्यै दबाब र गलत निर्देश गरेको आभाससम्म मैले पाइनँ ।
० सङ्गठनमा सबै राम्रा नै हुन्छन् भन्ने छैन, मानौँ कुनै हाकिमले त्यस्तो निर्देशन दिए के गर्नुहुन्छ ?
– म कहिल्यै पनि व्यक्तिलाई होइन नियम–कानुन र सिस्टमलाई समात्ने गर्छु । यदि माथिल्लो तहबाट दिइएको कुनै निर्देशन गलत नै हो भन्ने मेरो ब्रह्म र विवेकले ठान्छ भने त्यो म स्वीकार गर्न सक्दिनँ । हामीले प्रवृत्तिको सम्मान गर्ने हो । खराब आदेश आयो भने त्यसलाई स्वीकार नगर्ने स्वभाव नै सम्भवत! मेरो अहिलेसम्मको चिनारी हो । असल प्रवृत्तिको सम्मान गर्दै कानुनबमोजिमको आदेश पालन गर्ने हरेक प्रहरीको कर्तव्य हो ।
० तपाईंको राम्रो पक्षमा उभिने र गलतको विरोध गर्ने प्रवृत्तिले आफ्नो क्यारियरमा केही फरक परेको छ कि छैन ?
– जयबहादुर चन्द स्पष्ट छ भन्ने लगभग सबैमा परिसकेको छ । मेरो विषयमा प्रहरी सङ्गठनका मलाई चिन्ने सबैले राम्रोसँग थाहा पाउनुभएको छ । माथिका कोही सरहरूले वास्तविकता लुकाउनुभयो भने कसको के लाग्छ र ? होइन भने सबैलाई के थाहा छ भने चन्दले दायाँबायाँ या गलत कुरा गर्न जान्दैन । म आफूमुनिकालाई पनि कुनै अनावश्यक दबाब दिन्नँ । काठमाडौंमा चालीसवटा युनिट छन्, त्यहाँ गएर बुझ्दा हुन्छ । म सिस्टम या नियमानुसार काम गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । म यहाँनेर एउटा उदाहरण दिन चाहन्छु, म महानगरीय ट्राफिकमा छँदा एकपटक मेरी छोरीले महाराजगन्जमा गलत ठाउँमा मोटरसाइकल पार्किङ गरिछिन् र सो इलाकाको ट्राफिक प्रहरीले उनको लाइसेन्स लिएछ । छोरीले आफ्नो बाबुको ओहदाको आडमा लाइसेन्स फिर्ता लिएर उम्कने कोसिस गरिछिन् । जब मलाई उक्त कुराको रिपोर्टिङ भयो, मैले उनलाई गल्ती महसुस गर्न र प्रक्रियामा गएर लाइसेन्स फिर्ता लिन सम्झाएँ, न कि उनलाई सजिलै छुटकारा दिलाएँ । मेरी छोरी भनेर मैले त्यहाँ लाइसेन्स फर्काउन आदेश दिएको भए हाम्रो त्यो जुनियर कर्मचारीको मनोबल खस्कने थियो । यस्ता कुरामा हामी जिम्मेवार व्यक्तिहरू सचेत रहनुपर्छ भन्ने मेरो मान्यता छ । सही काम गर्दा, सत्य र इमानको पक्षमा उभिँदा क्यारियरमा फरक पर्छ कि भन्ने त्रासबाट मुक्त छु म ।
० तपाईंको यस्तै गुणका कारण काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको होला ?
– कसैले रहर गर्दैमा त काठमाडौंको जिम्मेवारी पाउँछ भन्ने लाग्दैन । काठमाडौंको जिम्मेवारी पाउने व्यक्तिलाई मेट्रो वा आयुक्त प्रमुख अतिरिक्त महानिरीक्षकले समेत स्वीकार गर्नुपर्छ । सङ्गठन प्रमुखले यो व्यक्तिलाई काठमाडौं पठाउँदा त्यहाँको सुरक्षालगायत सबै क्रियाकलापसँग जुध्न सक्छ भनेपछि मात्र त्यस्तो व्यक्ति काठमाडौं आउने गरेको छ । दुई–चारजना प्रतिस्पर्धामा हुँदा छानिनु स्वाभाविक हो तर क्षमताविहीन मान्छे यहाँ आउँछु भन्ने सोच्नु दिवासपना हो ।
० समान दर्जा भएका सबै व्यक्तिले आफूलाई काठमाडौं आउने र चलाउने दावा गर्छन् होला, तपाईंको विचारमा काठमाडौं प्रहरी प्रमुख हुनका लागि के–कस्तो हुनुपर्छ भन्ने लाग्छ ?
– काठमाडौंमा प्रमुख भएर आउने व्यक्ति पहिलो कुरा त जनतासँग सजिलै घुलमेल हुनसक्ने र उनीहरूको समस्यामा झर्को नमान्ने हुनुपर्छ । यहाँ दिनमा सयौँजनाको कुरा सुन्नुपर्ने हुन्छ । त्यो सुनिएन र रिसाइयो भने सङ्गठनको इज्जत जान्छ भन्ने सोच राख्ने अधिकृत यहाँ आउनुपर्छ । कतिपय रिस उठ्ने कुरा पनि पब्लिकले गर्छ, त्यस्ता कुरालाई पनि चपाउन सक्ने व्यक्ति चाहिन्छ । यहाँ प्रमुखलाई राति २ बजे फोन आउँछ त्यो आयो भनेर रिसाउन भयो ? फोन मलाई होइन काठमाडौंको सुरक्षा प्रमुख वा एसएसपीलाई फोन आएको हो भनेर मैले रेस्पोन्स गर्छु ।
० तपाईं काठमाडौंको एसएसपी वा कमाण्ड सम्हाल्न आएको आठ महिना भयो, यो अवधिमा काठमाडौंको सुरक्षा स्थिति कस्तो छ ?
– एक व्यक्तिले नै सतप्रतिशत चेन्ज गर्न सक्छ या गर्नैपर्छ भन्ने सोच राखियो भने त्यो मूर्खतापूर्ण हुन्छ । किनकि, जादुको छडीले झैं तुरुन्तै यो सम्भव छैन । काठमाडौंको शान्तिसुरक्षामा हामीले विगतमा भन्दा राम्रो गर्‍यौँ, तर यसो भयो भन्दैमा अपराध र असुरक्षालाई शून्यमा झारियो भनियो भने त्यो गफ ठहर्छ । कति प्रतिशत अपराध घट्यो भनेर मूल्याङ्कन गर्ने हो । तथापि, म काठमाडौंमा आएपछि केही नयाँ काम गरेको छु । त्यसमध्ये सबैभन्दा राम्रो आकस्मिक सुरक्षा योजना हो । यो योजना भनेको कुनै ठाउँमा कुनै आपराधिक ठूलो घटना घट्यो भने अपराधी पक्रन तीन रिङमा घेराउ गरिन्छ । आकस्मिक सुरक्षा योजनाबारे हाम्रा कमाण्डमा पर्ने सबै दर्जाका कर्मचारीलाई जानकारी र सक्षम बनाइएको छ । दोस्रो मेरो कार्यक्रम भनेको बस्ती भेटघाट कार्यक्रम हो । काठमाडौंमा १ सय ९१ बस्ती समूह गठन गरिसकेका छौँ । हरेक बस्तीमा गएर नागरिकको दु!ख–पीडा सुन्ने र प्रहरीको भूमिकाबारे जानकारी गराउने अभियानअन्तर्गत यो अभियान ज्यादै सफल भएको छ । यसले नागरिक र प्रहरीबीचको सुमधुरतालाई अझ बलियो बनाएको छ । हरेक अपराधी कुनै न कुनै बस्तीमा त बसेकै छ । यो अभियानले अपराधीको मनोबल खस्किने र अपराधको जालो बुन्ने अवसर पनि नमिल्ने भएकोले ज्यादै प्रभावकारी भएको छ । बस्तीका मान्छेले सबैले प्रहरीसँग हातेमालो गरेपछि सामान्यतया अपराधी स्वत! निष्क्रिय हुनुपर्छ । तेस्रोमा हामीले दशैँ र तिहारमा परिमार्जित सुरक्षायोजना सार्वजनिक गर्‍यौँ । जुन योजना सफल पनि भयो । म काठमाडौं आएपछि लागू गरिएका योजनाले ५२.८ प्रतिशत अपराध घटाएको छ । तीन वर्षको यो अवधिमा देखिएको यो प्रतिशत अचम्मलाग्दो छैन र ?
० तपार्इं आएपछि सतप्रतिशत नै नियन्त्रण भएको कुरा पनि छन् कि ?
– छन् नि, विगतमा सरकारले भनौँ या सुरक्षा निकायले तिहारमा पटाका नपड्काउने निर्णय गथ्र्यो तर त्यो कागजी घोडा मात्र बन्थ्यो । यसपालि तिहारमा देख्नुभयो होला पटाका कति पड्कियो भनेर । कागजी घोडा दौडाउन जति सजिलो छ त्यसलाई व्यवहारमा उतार्न साहै्र कठिन छ । तर, यसपटक मेरा सहकर्मी जवानदेखि अधिकृतसम्मले ज्यादै मिहिनेत गरेका कारणले पटाका बन्द भयो । यसको जश प्रहरीले मात्र लिने कुरामा म सहमत छैन, हाम्रो आग्रहलाई जनताले स्वीकार गरेर नै यो सम्भव भयो । यसको पचास प्रतिशत श्रेय जनतामा जान्छ । हामीले जनतालाई साथै लिएर हिँड्ने हो भने जनताले साथ दिने रहेछन् भन्ने यो महत्वपूर्ण उदाहरण हो । तिहारको पटाका प्रकरणले राजधानीमा जनताले प्रहरीलाई विश्वास गरेको ठहर्छ ।
० एक शब्दमा भन्नुपर्दा भोलि तपाईंले सङ्गठनको नेतृत्व गर्ने अवसर पाउनुभयो भने प्रहरीलाई कुन बाटोमा हिँडाउनुहुन्छ ?
– म त्यो प्रयत्न गर्नेछु जसले नेपालको प्रहरी सङ्गठन पनि अन्य मुलुकको तुलनामा कम रहेनछ भनी तारिफ मिलोस् ।
प्रस्तुति ! महेन्द्र पाण्डेय