२० वर्ष पुरानो कालो हरिण शिकार मामलामा आज भारत जोधपुरको सीजेएम कोर्टले वलिउड अभिनेता सलमान खानलाई दोषी प्रमाणित गरी पाँच वर्षको सजाय सुनाएको छ । उनलाई सेन्ट्रल जेलको ब्यारेक नम्बर २ मा राखिएको छ, जहाँ बहुचर्चित ‘बाबा’ आशारामलाई पनि राखिएको छ ।
‘सुपरस्टार’को चमकदमकमा बाँचेका सलमानले आज उक्त जेलमा भुइँमै सुतेर रात काट्नुपर्ने छ । भारतीय मिडियाहरूले जनाएअनुसार सलमानलाई एउटा कम्बल दिइनेछ । उनको जीवन–सुरक्षालाई ध्यानमा राखी स्थानीय प्रहरी प्रशासनले जेलको सुरक्षामा भने कडाई गरेको छ ।
पहिलोपटक सलमानलाई सजाय हुँदा उनलाई जेलको ब्यारेक नम्बर १ मा राखिएको थियो । त्यसबेला उनी ‘कैदी नम्बर ३४३’को रूपमा सात दिन मात्र जेल बसेका थिए ।
प्रतिक्रिया