६६ वर्षीया पूर्वराष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

६६ वर्षीया पूर्वराष्ट्रपतिलाई २४ वर्षको जेल सजाय


दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवानाको सजाय सुनाइएको हो ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उनलाई २४ वर्षको लामो जेल सजाय दिइएको छ । सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उनी अनुसन्धानका लागि थुनामै रहँदै आएकी थिइन् ।

उनलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको थियो । उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलहरूले गरेका थिए ।

राष्ट्रपति पार्क ६६ वर्षकी छिन् । उनीमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो । भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि उक्त देशको पहिलो राष्ट्रपति नै बनेकी छिन् ।