आगामी मे महिनामा हुने अमेरिकासँगको वार्तामा आफ्नो आणविधक हतियार भण्डारणबारे छलफल गर्न उत्तर कोरिया तयार भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनले पहिलोपटक प्रत्यक्ष वार्ता गर्ने तयारी भइरहेका बेला अमेरिकी पक्षले यस्तो दावी गरेको हो ।
औपचारिक वार्तामा अगाडी दुवै पक्षबीच पटक–पटक गोप्य छलफल भइरहेको अन्तराष्ट्रिय समाचार संस्था सीएनएनले दावी गरेको छ । वार्ता अमेरिका वा उत्तर कोरियामा नभइ कुनै तेस्रो देशमा हुने समेत दावी गरिएको छ । यद्यपि उत्तर कोरियाले राजधानी प्योङयाङ्गमा वार्ता गर्न दबाव दिइरहेको छ ।
उत्तरले प्योङयाङ्गमा नभए मंगोलियाको राजधानीमा गर्न सकिने भन्दै विकल्प प्रस्तुत गरिरहेको छ । उत्तर कोरियाले दक्षिण कोरियासँग निःशस्त्रीकरणका विषयमा छलफल गर्ने जानकारी दिइसकेको भए पनि वाशिङ्टनलाई भने पहिलोपटक निःशस्त्रीकरणको दिशामा अघि बढ्ने जानकारी प्रत्यक्षरुपमा दिएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले दावी गरेका छन् ।
प्रतिक्रिया