१९ रूसी महिलालाई इराकद्वारा जन्मकैद

१९ रूसी महिलालाई इराकद्वारा जन्मकैद


इराकको एक अदालतले इस्लामिक स्टेट (आइएस) समूहमा सम्लग्न भएको भन्दै १९ रसियाली महिलालाई जन्मकैदको फैसला गरेको छ । इराकी न्यायलय स्रोतलाई उद्धृत गरी एजेन्सीहरुले दिएको जानकारीअनुसार ती महिलाहरुले इराकमा रहेर आइएस समूहलाई सघाउँदै आएको अभियोग अदालतले लगाएको हो ।

बग्दादको आतङ्कवादसम्बन्धी मुद्दा हेर्ने केन्द्रीय फौजदारी अदालतका प्रमुख न्यायाधीशले अदालतमा मुद्दा खेपिरहेका १९ जना रूसी महिलाहरू आइएस समूहमा सम्लग्न भएका वा कुनै न कुनै रूपमा आइएसका गतिविधिलाई सहयोग गरेको पाइएकोले जन्मकैदको सजाय गरिएको बताएका छन् ।

उता, उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ । मे महिनामा आफूले आणविक कार्यक्रम रोक्ने जानकारी उत्तर कोरियाली नेता किम जोङ उनले दिएको दक्षिण कोरियाली एकजना वरिष्ट अधिकारीले बताएका भन्दै एएफपीले समाचार सम्प्रेषण गरेको छ ।

गत शुक्रबार भएको मुन र उनबीचको वार्ताका क्रममा कोरियाली नेता उनले सो जानकारी दिएका बताइएको छ । उत्तर कोरियाली नेता उनले मे महिनामा राकिने सो आणविक कार्यक्रमको पर्यवेक्षणका लागि अमेरिकी विज्ञलाई पनि आमन्त्रण गरिने बताइन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग केही हप्तापछि वार्ता गर्ने भनी आइतबार दिएका जानकारीसँगै दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारबाट यो भनाइ आएको छ ।