पार्टीको तर्फबाट सांसद भएपछि पार्टीको नीति अङ्गीकार गर्नुपर्नेमा विद्रोही समूहलाई प्रत्यक्ष सहयोग गरेको आरोपमा राप्रपा नेपालकी व्यवस्थापिका सांसद विवादमा तानिएकी छिन् । बबिनाका ससुरा पद्मसुन्दर लावतीले अध्यक्ष कमल थापाविरुद्ध जेहाद छेडेर अलग्गै समूह निर्माण गर्दा पनि बबिना किन कमल थापा पक्षमै टाँसिएर रहिन् भन्ने पनि रहस्यपूर्ण रहेको पाँचथरका राप्रपा नेपालसम्बद्ध कार्यकर्ताबीच चर्चा चल्ने गरेको छ…