दशवर्षे सशस्त्र जनयुद्धकालमा पत्रिकामा प्रचण्ड भनेर आउने गरेको चित्रलाई हेरेर धेरैले भन्ने गरेका थिए– प्रचण्ड भनेको मान्छे नै छैन, काल्पनिक मात्रै हो । तर, ०६२÷६३ को आन्दोलनपश्चात् झुल्किएको पुष्पकमल दाहाल प्रचण्ड खुलामञ्चमा पहिलोचोटि गर्जिंदा उत्तरतर्फ राष्ट्रिय नाचघर, दक्षिणतर्फ सहिदगेट भद्रकाली, पूर्वमा बागबजार, घण्टाघर, कमलादीसम्म र पश्चिममा भोटाहिटीको भित्र असनको टोलमा समेत भरिभराउ नेपाली जनताले प्रचण्डलाई…