नेपालीमाथि मडारिँदै छ निरङ्कुशताको बादल

इन्द्रबहादुर बराल इतिहासको विभिन्न कालखण्ड पार गर्दै नेपाली अहिले नागरिकको हैसियतमा देखिएका छन् । नेपालको प्रथम जनक्रान्ति २००७ सालभन्दा पहिले नेपाली 'रैती' थिए । उनीहरू एकप्रकारले बिर्तावालको नोकरजस्तै थिए, जस्तो २०५८ सालभन्दा पहिला पश्चिम तराईमा कमैया प्रथा । कमैयाहरूलाई कमैया प्रथा उन्मूलन नगर्दासम्म सामान्य जनताको हैसियत पनि थिएन, उनीहरू केवल रैतीकै अवस्थामा थिए । रैती…