कुवेतमा सडक दुर्घटनाको दर अत्यासलाग्दो

कुवेतमा सडक दुर्घटनाको दर अत्यासलाग्दो


कुवेतमा सन् २०१७ मा ७० हजार ६८७ सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । कुवेतको आन्तरिक मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ती दुर्घटनामध्ये ४ सय २८ दुर्घटनामा मानवीय क्षति भएको छ ।

मन्त्रालयका कार्यवाहक प्रमुख प्रवक्ता ताह्डि अल कान्देरीले ट्राफिक नियमको उल्लङघनका कारण धेरै दुर्घटना भएको बताएा छन् । सवारी साधन चलाउदा मोबाईल फोनको प्रयोग गर्ने कारण नै दुर्घटनाको मुख्य कारण भएको कान्देरीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।