आज एन्फा निर्वाचन

आज एन्फा निर्वाचन


आज अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति निर्वाचन आज हुँदैछ । संघको १६औँ वार्षिक साधारण सभा समेत आजै हुने भएको हो ।

यसअघि पटक–पटक निर्वाचनको मिति सारिँदै आएकोमा अन्ततः एन्फाको निर्वाचन समितिले वैशाख २२ का लागि मिति तोकेको थियो ।

तर, अध्यक्ष पदका प्रत्यासी वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका मणि कुँवरले एक दिनअघि मात्र निर्वाचनमा सहभागी नहुने बताएपछि अर्का प्यानलका कर्मा छिरिङ शेर्पा अध्यक्षका एक्ला दाबेदार बनेका छन् । यसअघि अध्यक्ष पदका लागि दुई प्यालनसहित चुनावी मैदानमा थिए ।