सुख-शान्ति र आनन्द !

सुख-शान्ति र आनन्द !


– सागर सुवेदी

शहरमा बस्ने एक धनाढ्य ब्यापारीले धेरै कुरामा सफलता प्राप्त गरे पनि, धन कमाए पनि, मनमा सुख शान्ति र आनन्द महसुस नगरेपछि, म जस्तो हरेक कुराले परिपुर्ण व्यक्तिलाई त यस्तो छ भने गरिब मानिसहरूको जिन्दगी कस्तो होला भन्ने सोच आएछ । उसले लगत्तै निर्णय गरेछ, एक विकट गरिव गाउँमा गएर साधारण मानिसले जिन्दगीको सुख र आनन्द कसरी प्राप्त गर्दारहेछन् भनी बुझ्ने ।

भोलिपल्ट बिहानै घरपरिबार कसैलाई थाहै नदिई उ बिकट गाउँ जानको लागि घरबाट निक्लियो । १ दिन १ रात गाडीमा हिँडेपछि उ गाडी जान नसक्ने एउटा बिकट गाउँको फेदीमा पुग्यो । गाडीबाट झरेलगत्तै उ एक पुल नभएको ठुलो खोलामा काठको डुङ्गामा तरेर नदि पार गऱ्यो । केही समय हिँडेपछि उ विकट गाउँमा जानको लागि उकालो सिँढी चढ्दै उक्लिन थाल्यो, कहिले जीवनमा उकालीओराली गर्न नपरेको उ केहि सिँढी उक्लिँदा नै स्याँस्याँ–फ्याँफ्याँ गर्न थाल्यो । साथमा लिएर आएको केही खानेकुरा र पानी राखिएको केही किलोको झोला उसलाई बोझ लागेजस्तो भयो ।

उसको हिँडाई हेर्दा लाग्थ्यो, सामान्यतया ३ घण्टामा आरामले हिँडेर सकिने उकालो उसलाई ६ घण्टा लाग्ने देखियो । टन्टलापुर घाममा केही घण्टा उकालो हिँड्दा उसँग साथमा भएको पानी पनि सकियो । तैपनि उ सकी–नसकी उकालो उक्लँदै थियो । उकालो उक्लँदै गर्दा, केही समयपछि बाटोमा आफ्नो बोझभन्दा करिव डबल तौलको जत्रो भारी बोकेको बटुवालाई सकी–नसकी भारी बोकेर उकाली चढ्दै हिँडेको भेट्यो । बटुवाको अनुहारमा हेर्दा पसिनाले चुर्लुम्म भिजेको थियो । उसले मनमनै गुन्यो, ‘जे भए पनि गाउँमा जाने साथि त भेटियो’ भनेर उ खुशी भयो ।

उक्त भरियासँग केही समय गन्थन गर्दै हिँडेपछि उनीहरू पिपलको चौतारीमा पुगे । चौतारीको बिसौनीमा भरियाले भारी बिसाउँदै लामो श्वास लिएर सुस्केरा हाल्यो । भारिलाई टेको लगाएर अडाएपछि नजिकै रहेको ढुंगेधारातर्फ लम्कियो । धारामा पुगेपछि पसिनाले निथ्रुक्क भिजेको आफ्नो अनुहारलाई धोएर पानि पिउन लाग्यो । यो सबै कुरा उसले ध्यानपुर्वक हेरिरहेको थियो । उ पनि त थकित र प्यासा थियो, पानी पिउन ढुंगेधारातर्फ लाग्यो ।

ठाडो उकाली, यो प्रचण्ड गर्मीको बेलामा शितलता दिने चौतारीमा विश्राम गरेर नजिकैको ढुंगेधारामा पानी पिउनुको आनन्दको बर्णन मैले गर्नै सक्दिनँ । मैले यो भारी मालिककोमा लगेर बुझाएवापत पाउने पैसाले किनेर पोको बनाएको सामान बेलुका गएर मेरा छोराछोरी श्रीमतीले जब उत्सुकतापूर्वक खोतल्दछन्, त्यो हेर्दा मेरो सुखको बर्णन गर्न सक्ने कुनै शब्द नै रहँदैन, मन आनन्दित भएर आउँछ । मेरो सुखशान्ति र आनन्द भनेको परिश्रमबाट आर्जेर मैले मेरो परिवारलाई दिने खुशी नै हो ।

उ पानी पिएर फर्किएपछि भरिया पिपलको फेदीमा पटुकालाई सिरानी बनाई ढल्केर बिँडीको सर्को तान्दै गरेको देख्यो । उ पनि भरियाको छेउमा पुग्यो र कुरा गर्न थाल्यो । कुराको सिलसिला चल्दै थियो, उसलाई झट्ट सम्झना आयो– म किन यो विकट गाउँतर्फ जाँदैछु ? म अहिले किन यहाँ छु ? किन यहाँ आएको ? के यी भरियाको पनि सुख तथा आनन्दको क्षण होला ? किन मैले यो भरियालाई यिनको सुख–दुःख तथा शान्तिको कुरा नसोध्ने ?

कुरैकुरामा उसले भरियालाई सोध्यो तपाइँलाई कुन बेला सुखशान्ति तथा आनन्दको मसहुस हुन्छ ? के तपाईंजस्तो दुःखीलाई पनि सुख तथा आनन्दको क्षण प्राप्त हुन्छ ?

भरियाले बिँडीको सुर्को तानेर फुरुर्र फाल्दै जवाफ दियो– ‘हेर्नुहोस बाबु, आनन्दको कुरा गर्नुहुन्छ भने यो गर्मीको दिन, त्यसमाथि यो ठाडो उकाली, यो प्रचण्ड गर्मीको बेलामा शितलता दिने चौतारीमा विश्राम गरेर नजिकैको ढुंगेधारामा पानी पिउनुको आनन्दको बर्णन मैले गर्नै सक्दिनँ । सुख तथा शान्तिको कुरा गर्नुहुन्छ भने मैले यो भारी मालिककोमा लगेर बुझाएवापत पाउने पैसाले किनेर पोको बनाएको सामान बेलुका गएर मेरा छोराछोरी श्रीमतीले जब उत्सुकतापूर्वक खोतल्दछन्, त्यो हेर्दा मेरो सुखको बर्णन गर्न सक्ने कुनै शब्द नै रहँदैन, मन आनन्दित भएर आउँछ । दिनभरी बोकेको भारीको थकान उक्त समयमा सजिलै मेटिन्छ । मेरो सुखशान्ति र आनन्द भनेको परिश्रमबाट आर्जेर मैले मेरो परिवारलाई दिने खुशी नै हो ।

जब भरियाको कुरा सुन्यो, उसलाई आफैप्रति घृणा लाग्न थाल्यो ।

यो सबै बुझेर उ घर फर्कियो । त्यसपछि उसका हरेक दिन सुख र आनन्दमा बित्न थाल्यो ।

त्यसैले अनुभवीहरू भन्दछन्– ‘सुख–शान्ति र आनन्द आफैले बुझ्ने या महसुस गर्ने कुरा हो ।’