गोरखामा हावाहुरीले विद्युतीय पोल ढाल्यो

गोरखामा हावाहुरीले विद्युतीय पोल ढाल्यो


सोमबार गोरखामा आएको हावाहुरीका कारण विद्युतीय लाइन ढालेको छ । तिब्र वेगमा आएको हुरीले ११ केभी टेलीस्कोपिक पोल तथा लाइन ढालेको हो ।

हावाहुरीका कारण पोल ढालेपछि गोरखा खोप्लाङ फीडर पूर्ण रुपमा अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गोरखाका प्रमुख माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार हावाहुरीले सबैभन्दा बढि विद्युतीय पोल तथा लाइनमा असर पुर्याएको छ ।