कर्मचारीका संघ र खेलकुदमन्त्रीबीच भेटवार्ता

कर्मचारीका संघ र खेलकुदमन्त्रीबीच भेटवार्ता


राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका पदाधिकारीले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)सँग विशेष भेट गरेका छन् । भेटमा परिषदका कर्मचारीहरूसँग सम्बन्धित विविध विषयमा विषयमा खेलकुद मन्त्रीसँग छलफल भएको बुझिएको छ ।

कर्मचारी संघले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा र करार कर्मचारीलाई स्थायी गर्ने विषयमा छलफल भएको कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले जानकारी गराए । नयाँ संरचना अनुसार खेलकुदलाई पनि लैजानु पर्ने विषयमा समेत छलफल भएको अध्यक्ष थापाले बताए ।

छलपलपछि खेलकुद मन्त्री विश्वकर्माले व्यवस्थित ढंगले निकास खोज्नेतर्फ मन्त्रालयले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा खेलकुद मन्त्री विश्वकर्मालाई संघका पदाधिकारीहरुले मन्त्री नियुक्त भएकोमा बधाई दिनुका साथै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।