तीन वर्षदेखि तलब नपाउँदा उपप्राध्यापकहरु पीडामा

तीन वर्षदेखि तलब नपाउँदा उपप्राध्यापकहरु पीडामा


अवैध रुपमा नियुक्त भएका क्याम्पस प्रमुखको आर्थिक अनियमितता र अपारदर्शिताका कारण आदर्श बहुमुखी क्याम्पस गजुरी, धादिङका उपप्राध्यापकहरूले आफू कार्यरत रहँदाको तीन वर्ष अघिदेखिको तलब अझै पाएका छैनन्।

तृतीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका र सरकारी विद्यालका स्थायी शिक्षक रुद्रप्रसाद दनैलाई उक्त क्याम्पसमा अवैध रुपमा क्याम्पस प्रमुख नियुक्त गरिएको थियो। नियमानुसार तृतीय श्रेणीमा उत्तीर्णले क्याम्पसमा पढाउन समेत पाउँदैन। त्यस्तै स्थायी शिक्षकले दोहोरो पुर्णकालीन सुविधा पाउने गरी अर्को संस्थाको प्रमुख बन्न नपाउने नियम छ।

गजुरीमा कार्यरत उपप्राध्यापकहरू मध्ये ७ जनालाई लामो समयसम्म पनि नियानुसार प्राप्त गर्नु पर्ने तलब क्याम्पसले उपलब्ध गराएको छैन ।

वि.सं.२०७२ बैशाखदेखि फागुन महिनासम्मको दशैं पेस्कीसमेत गर्दा १२ महिनासम्मको तलब क्याम्पस प्रशासनले उपलब्ध नगराएको पीडित उपप्राध्यापकहरूले बताए ।

क्याम्पसबाट लामो समयसम्म पनि तलब नपाउने उपप्राध्यापकहरुमा कल्पना कोइराला, कुलमणि शर्मा, कृष्ण रेग्मी, खिमानन्द पौडेल, दीपक सिम्खडा, जीवन निरौला, दीपेन्द्र थापा रहेका छन् ।

उपप्राध्यापकहरुलाई पक्षपातपूर्ण रुपमा तलब नदिएको उनीहरुले बताएका छन् । क्याम्पस प्रमुख रुद्रप्रसाद दनैले ती उपप्रध्यापकहरुलाई ‘व्यवस्थापन समितिको मिटिङमा आएर तलब माग्नु मसँग होइन’ भन्दै झुलाउँदै आउने गरेको र उक्त मिटिङ हुने समयमा नबोलाउने गरेर गैरजिम्मेवारीपूर्ण काम गरेर आफ्नो कर्तुत लुकाउँदै आएका बुझिएको छ ।