नीति तथा कार्यक्रमबारे छलफल

नीति तथा कार्यक्रमबारे छलफल


प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का सदस्यसँग सरकारको आव २०७५-७६ को नीति तथा कार्यक्रमका बारेमा अनौपचारिक छलफल गरेका छन् ।

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना सदस्यसँग सरकारको आगामी नीति तथा कार्यक्रममाथि छलफल गरेका हुन् ।

सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५-७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । आगामी आवको बजेट भने जेठ १५ गते संघीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।