६ दशकको ‘नजीब–राज’ ढाल्दै ९२ वर्षका महाथिर आए सत्तामा

६ दशकको ‘नजीब–राज’ ढाल्दै ९२ वर्षका महाथिर आए सत्तामा


मलेशियामा ६ दशकदेखि निरन्तर सत्तामा रहेको दललाई पराजित गर्दै डा. महाथिर मोहमद सत्तामा आएका छन् । बुधबार भएको चुनावले पूर्व प्रधानमन्त्री समेत रहेका ९२ वर्षका डाक्टर महाथिरलाई सत्तामा पुनरागमन गराएको हो ।

सन् १९५७ देखि निरन्तर सत्तामा रहेको पार्टी संयुक्त मलेशिया राष्ट्रीय संगठन (यूएमएनओ) लाई आम चुनावमा हराउँदै विपक्षी गठबन्धनका नेता महाथिरले सानदार राजनीतिक पुनरागमन गरेका हुन् । कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नेशनल पार्टी र आँफैले हुर्काएका नेता नजीब रजाकलाई चुनौती दिन उनले राजनीतिबाट अवकाश लिने आफ्नै निर्णय फिर्ता लिएका थिए।

निवर्तमान प्रधानमन्त्री नजीब रजाक र उनको कार्यकाललाई लामो समयदेखि भ्रष्टाचारको मूल कारकका रूपमा आरोप लगाइँदै आएको थियो । भ्रष्टाचारको आरोपले नजीब छायाँमा परेपछि त्यसको फाइदा महाथिरलाई भएको छ । नजीबको शासनकालमा मलेशियाली नागरिकहरूले बढ्दो जीविकोर्पजन खर्च व्यहोर्नुका साथै जातीय तनावहरू पनि खेपेको बताइन्छ । यद्यपि आफ्नो ऐतिहासिक पराजयबारे उनले सार्वजनिक रुपमा प्रतिक्रिया दिइसेकेका छैनन्।

नवनिर्वाचित प्रधानमन्त्री डाक्टर माहथिरले बिहीबार (आज) सपथग्रहण गर्ने अपेक्षा गरिएको जनाइएको छ । उनलाई विश्वकै वृद्ध निर्वाचित प्रधानमन्त्रीका रूपमा समेत हेरिएको छ । कतिपय विश्लेषकहरूले भने पछिल्लो चुनावी परिणामलाई ‘नाटकीय’ समेत भनेका छन्। सरकार गठनका लागि ११२ सिट आवश्यक रहेकोमा महाथिर नेतृत्वको विपक्षी दलले ११५ सिट जितेको हो । एजेन्सी