समय र आँधी- रामेश्वर राउत मातृदास

समय र आँधी- रामेश्वर राउत मातृदास


समयका सिर्जनाहरू हुन्
यी अग्ला शृङ्खलाहरू
धरती/आकाश, समुद्र मान्छेहरू,
फूल फुलिरहेका छन् ढकमक्क
गीत गाएर नाचिरहेका छन् चराचुरुङ्गीहरू
के छैन यहाँ ?
मनचिन्ते झोलाझैं जे सोच्यो त्यही भएर
जन्मिन्छ समय,
समयलाई थिचेर/समयको अपमान गर्ने
ए˜ समयलाई ढाँटेर समयलाई नै
दिउँसै अन्धकार रात पार्न चाहने
विवेकहीन उल्लू मलसाँप्राहरू हो †
सत्यको सत्ता/न्यायको शक्ति,
र विवेकसम्पन्न कालजयी समृद्धिलाई
समयले कहिल्यै पनि नासिन/मासिन
र भासिन दिने छैन

समयको यही अविचलित निष्ठा/विश्वास
र अनन्त मुस्कानलाई बोकेर
जून/घाम, ताराहरूलाई पात्तिन रोकेर,
चुपचाप मौन छ युगौंदेखि आकाश
र चुपचाप सहनशील छिन् पृथ्वी अमृत छोपेर †

हरेकलाई डाकेको हुन्छ
समयले प्रत्येकको फेहरिस्त दुरुस्त राखेको हुन्छ
सत्यको सत्तालाई तोडेर
न्यायको शक्तिलाई छोडेर
विवेकशील समृद्धिलाई मोडेर
सर्वशक्तिमान हुने जुनसुकै प्रयोजनहीन आकाङ्क्षीलाई
जुनसुकै बेला अनन्त क्षितिज देखाइदिने अवशिष्ट सर्वाधिकार,
आफैंसँग मौजुदा यथावत् राखेको छ समयले
भेटेसम्मका पाइला दपेटेर
सृष्टिकै अस्तित्व लखेटेर
धमाधम किलाकाँटा ठोक्न चाहन्छ सत्यको छातीमा
उद्दण्ड आँधी
हावा/पानी
माटो/बाटो भयभीत रोइरहेका छन् जीवन
धन्य समरशील समय †
तै, घाम/जून र तारालाई
आँधीले नभेट्ने उचाइमा सुरक्षित राखिदिएछौ
र, अन्धकार रातमा हामीले जूनको गीत गाएका छौँ
र घामको जवानी दिन चलायमान हुन पाएका छौँ ।

रित्तिएको सम्वेदना र मेरो आग्रह- सन्त थलङ
अहिले मसँग
छैन कुनै नयाँ कविताको प्लट
छैन नयाँ कविताको लागि
कुनै सुन्दर विम्व
न त छ कुनै राष्ट्रियता झल्काउने प्रतिक
छ त केवल शुन्य मष्तिष्क
छ त केवल रिक्तो मन
भयो नजिस्काउन नवयौवना वैंशहरू
भो नचलाउन कामुक औंलाहरू
र, नदेखाउन, वैशालु देह
यी सबै सबैले
हुने छैनन् मलाई
अहिले मन
जमेको छ ठिही बनेर
संवेदनाहिन कुनै ढुंगाजस्तो
जटि हिर्काउ तिमी
निर्मताका कोर्राहरूले
जटि टुक्राउ
अचानोमा राखेर
कुनै काँतर भुत्ते खुकुरीले
अहँ, यो दुख्ने छैन
यो चलमलाउने छैन
कुनै चित्कार निकाल्ने छैन
हेर्दाहेर्दा कुरूप दृष्यहरू
पत्थर बनिसके यी आँखाहरू
हिड्दाहिड्दा खिइएर
धूलो बनेको छु म
संवेदाहिन मान्छेहरूको भीडमा
मैले पनि गुमाए आफ्नो समवेदना
कुनै आफन्तजनको मृत्युले
रुवाउने छैन मेरो मन
कुनै विभत्स दृष्यले
तर्सर्ााे छैन मेरो आँखाहरलाई
कुनै उत्कृष्ट कविताले
हल्लाउने छैन मेरो हृदय
ओ † पत्थर मान्छेहरू
सक्छौं भने तोड मेरो मौनता
सक्छौं भने ब्यूझाउ मेरो सम्वेदना
सक्छौं भने दृष्टि भरिदेउ मेरो आँखामा
सक्छौं भने गति देउ मेरो पाइतालालाई
होइन भने
भत्काउन तयार छु
तिमीहरूको संवेदना
टुक्राउन सक्छु कुनै पनि समय
तिमीहरूको संवेदनाशिल मन
किनकी अहिले म
पत्थर बाँचिरहेछु-सम्वेदनाविहिन

गजल ? शिव वियोगी चौलागाईं
जिन्दगीमा धेरै पाएँ एउटै कुरा पाइनँ मैले
आकाशको तारा दिन्छु वाचा कसम खाइनँ मैले

आँसु देख्दा दुखेकै हुँ, मनभित्र लुकेकै हुँ
तिर्मै रूप यस्तो- उस्तो कहिल्यै गाइनँ मैले

जे छु आफू ठीकै छु भन्ने लागिरह्यो मलाई
एउटा मनको रोजाइ कवै खोस्न चाहिनँ मैले

सपना र यथार्थ फरक-फरक पाटा हुन्
महलमा सजाउँछु भन्दै झुक्याइनँ मैले

लाग्छ कति कुरा नभन्दैमा मीठो लाग्छ
बगैँचाको मनपरेको फूल चलाइनँ मैले ।