सिआईएमा पहिलो महिला निर्देशक

सिआईएमा पहिलो महिला निर्देशक


अमेरिकाको गुप्तचर निकाय सिआइएको निर्देशकमा पहिलोपटक महिला निर्देशक नियुक्त गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीआइएको निर्देशकमा जिना ह्यास्पेललाई सिफारिश गरेका थिए । उक्त सिफारिसलाई अमेरिकी सिनेटले अनुमोदन गरेको छ । यस अनुमोदनसँगै अमेरिकी यो शक्तिशाली निकायको पहिलो महिला निर्देशकका रुपमा जिना ह्यास्पेल नियुक्त भएकी हुन् ।

जिना सिआइएकै कर्मचारी हुन् । सन् २००१ को सेप्टेम्बरमा अल कायदा नामक आतंककारी समूहले अमेरिकामा गरेको आतंककारी हमलापछिको अनुसन्धानको क्रममा उनको निकै प्रभावकारी भूमिका रहेको थियो । जिनाको अनुसन्धान तहकिकात पद्दति त्यति धेरै विवादमा परेको थिएन । किनभने अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसको कार्यकालमा अपनाइएको अनुसन्धानमा यातना दिने कार्य पनि हुने गरेकोले त्यस विषयमा विवाद पनि उत्पन्न हुने गरेको थियो ।

उनप्ीभन्दा अघिका उक्त निकायका निर्देशक माइक पोम्पेओ हाल अमेरिकाको विदेशमन्त्री छन् । उनले सोही प्रयोजनका लागि उक्त पदबाट राजिनामा दिएका थिए । ह्यास्पेललाई अनुमोदन गर्ने क्रममा सिनेटमा रिपब्लिकन र डेमोक्र्याटबीचमा केही विवाद पनि थियो । तर पछि भने उनको नाम बहुमतबाट अनुमोदन भएको थियो ।

उनले गर्ने गरेका अनुसन्धान पद्दतिका बारेमा सिनेटमा केही विवादहरु आएपछि ह्यास्पेलले आगामी दिनमा आफूले यातना दिने र अव्यवहारिक प्रकृतिका यस्ता अनुसन्धान पद्दतिहरु नअपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । जिनाले सीआइएमा ३३ वर्ष काम गरेकी छन् । उनले उक्त कार्यालयको अधिकांश कार्य भूमिगत रहेर गुप्तचरको भूमिकामा गरेकी थिइन् ।


तस्बिर एएफपी