समृद्धि महर्जनले प्रथम आईएमई जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यू–९ गल्र्स सिंगल्स उपाधि जितेकी छिन् । आईएमई फाउन्डेसनद्वारा आयोजित प्रतियोगताको फाइनलमा समृद्धिले सैबी ढकाललाई ५–४, १–४ र १०–८ को सेटमा पराजित गरेकी हुन् ।
यू–१० ब्वाइज सिंगल्समा सक्षमविक्रम शाहले ऋभिक कार्कीलाई ६–० र ६–३ तथा आयुशमान हजुर घलेले राजवीर प्रधानलाई २–६, ६–२ र १०–८ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे । सो स्पर्धाको गल्र्समा प्रशंसा मोक्तानले आध्या पौडेललाई ६–० र ६–३ तथा सुनिरा थापाले जेनी खड्कालाई ६–३ र ६–३ को सीधा सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे ।
यू–१४ ब्वाइज सिंगल्समा आर्यन गिरीले प्रथम पौडेललाई ६–० र ६–१, कुवेहाङ राईले श्रीयास पौडेललाई ६–० र ६–१, प्रितम परियारले आयुशमान नेपाललाई ६–० र ६–२ तथा चिराग तिमल्सिनाले विवेक जोशीलाई ६–०, ५–७ र ६–२ को सेटमा पन्छाउँदै सेमिफाइनलमा स्थान बनाएका छन् ।
उक्त स्पर्धाको गल्र्समा सलोनी तामाङले सर्भानी श्रेष्ठलाई ६–२ र ६–१ तथा रायना शाहले इशाश्री शाहलाई ३–६, ६–३ र ६–४ ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।
यू–१२ ब्वाइज सिंगल्समा प्रणव मानन्धरले नेहालजंग थापालाई ६–० र ६–० तथा आरभसम्राट हाडाले सफल श्रेष्ठलाई ६–० र ६–० को सोझो सेटमा निराश पार्दै उपाधि भिडन्त पक्का गरे । त्यसै स्पर्धाको गल्र्समा सुभाङ्गीलक्ष्मी शाह, इभा अधिकारी, अजा रेग्मी र आइशा डोल्कर गुरुङले सेमिफाइनल यात्रा तय गरेका छन् ।
प्रतिक्रिया