भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपालको भ्रमणमा आउनुहुने भएको छ । उहाँ बिमिस्टेकको बैठकमा भाग लिन नेपाल आउने सम्भावना रहेको सम्बद्ध अधिकारीहरूले जनाएका छन् । उहाँको भ्रमण आगामी जुलाई या अगस्टसम्ममा हुन सक्ने बताइएको छ । यो भ्रमण निश्चित भएमा एउटै कार्यकालमा चारपटक नेपालको भ्रमण गर्ने भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले नयाँ कीर्तिमान राख्नुहुनेछ ।
अहिले नै भ्रमणको तिथि तय भइसकेको छैन, तर आगामी नोभेम्बरदेखि उता प्रधानमन्त्री मोदी ज्यादै नै व्यस्त रहनुहुने भएकोले जति सकिन्छ चाँडै बिमिस्टेक बैठक गर्ने र त्यसनिम्ति नेपाल आगमनको व्यवस्था मिलाउने तयारी उच्च तहमा भइरहेको बुझिएको छ ।
प्रतिक्रिया