बजेटबारे धारणा तय गर्न काङ्ग्रेस बैठक शुरु

बजेटबारे धारणा तय गर्न काङ्ग्रेस बैठक शुरु


सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्न नेपाली काङ्ग्रेसको बैठक शुरु भएको छ ।

मंगलबार १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट अर्थमन्त्री युवराज खतिवडाले संसद्मा प्रस्तुत गरेका थिए । बजेटबारे अनेकखाले टिप्पणी आइरहेका बेला प्रमुख प्रतीपक्षी काङ्गै्सले यसबारे साझा धारणा बनाउन बुधबारका लागि बैठक बोलाएको थियो।

यसअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने कांग्रेसले मौन समर्थन जनाएको थियो । पार्टीभित्रैका कतिपय नेताले यसप्रति असन्तुष्टि जनाउँदै काग्रेस सांसद्हरूले संसदमा खेलेको भूमिकाप्रति प्रश्न उठाएका थिए । बजेटबारे भने कांग्रेसले शुरूमै असन्तुष्टि जनाइसकेको छ । कांग्रेस सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाले यसबारे प्रारम्भिक प्रतिक्रिया दिँदै बोझ बोकाउने हावादारी कार्यक्रमको पुलिन्दा भनेका थिए ।