फोरम आजै सरकारमा जाने, स्वास्थ्यमन्त्रीमा यादव

फोरम आजै सरकारमा जाने, स्वास्थ्यमन्त्रीमा यादव


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग संविधान संशोधनमा सहमति गरेपछि संघीय समाजवादी फोरम आज सरकारमा सहभागी हुने भएको छ । फोरमबाट सहभागी मन्त्रीहरूल आज दिउँसोे ३ बजे सपथ गर्ने कार्यक्रम रहेको बुझिएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रालय र मोहम्मद इस्तियाक राइनले शहरी विकासमन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको स्रोतले जनाएको छ ।

केही दिनदेखि फोरमले सरकारमा जाने विषयमा कुन मन्त्रालय लिनेबारे नेकपाका शीर्षनेताहरू तथा प्रधानमन्त्रीसँग छलफल गर्दै आएको थियो । यादवले भौतिक वा परराष्ट्र वा स्वास्थ्यमन्त्रालय माग गर्दै आएका चर्चा चल्दै आएको थियो ।